तुलसीपुर,२३ कात्तिक । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले भोली (सोमवार)देखी कार्यालयको सेवा प्रवाहलाई स्थगित गर्ने भएको छ । कार्यालयमा कार्यरत केहि कर्मचारीमा सामान्य रुघाखोकी लाग्ने र ज्वरो आउने जस्ता समस्या देखा परेको भन्दै सोमवार देखी कार्यालयका अतिआवश्यक सेवा बाहेक नियमित सम्र्पुण सेवा बन्द गर्ने तयारी गरेको संस्थाका अध्यक्ष खेमराज वलीले जानकारी दिएका छन् ।
उनीहरुमा कोरोना आसंका गरिएको हुदा कोरोना परिक्षण गर्ने तयारी समेत गरिएको अध्यक्ष वलीले जानकारी दिएका छन् ।यस अघि एक कर्मचारीलाई कोरोना संक्रमण देखीएपछि केहि दिनका लागी कार्यालय बन्द भएको थियो ।
प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार


















