२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरका एक संक्रमितको मृत्यु, थप १२ जनामा कोरोना पुष्टि

तुलसीपुर, २३ कात्तिक । तुलसीपुरका एक संक्रमितको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का ५७ बर्षका पुरुषको गएराती निधन भएको तेलसीपुर उपमहानगर कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

यो संगै तुलसीपुरका कोरोना संक्रमितको कोरोनाकै कारण मृत्यु हुनेको संख्या ७ पुगेको केसीले जानकारी दिएका छन । उनीहरु सवैको जिल्ला बाहिर उपचारकै क्रममा निधन भएको हो ।
तुलसीपुरमा थप १२ जनामा कोरोना पुष्टि

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट र कोहलपुरमा गरिएको पिसिआर परिक्षण गर्दा शनिवार तुलसीपुरमा थप ४ महिला र ८ जना पुरुष गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा वडा नम्वर ५ का चार जना, वडा नम्वर ६ का तिन जना, वडा नम्वर ७ का दुई जना, वडा नम्वर ८ का दुई जना र वडा नम्वर १८ का १ जना रहेका छन् । यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ५८८ जना , सकृय संक्रमित संख्या १९५ जना र हाल सम्म डिस्चार्ज संख्या ३९३ रहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया