फाईल फोटो
दाङ, १८ कात्तिक । झन्डै डेढ लाख नगद सहित १० जुवाडे पक्राउ परेको प्रहरीले बताएको छ । प्युठान माण्डपी गाउँपालिका ३ लामाचौर स्थित शरद के.सी.को घरबाट गएराती दश जना जुवाडेलाई नगद सहित पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले १ लाख ६८ हजार ४० रुपैया नगद र १ गड्डी सहित दश जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार






