काठमाडौ, ३१ भदौ । सरकारले लामो दुरीका सार्वजनिक सवारी साधन सन्चालन गर्दा पालना गर्नुपर्ने नियमहरु बनाएको छ । बन्दाबन्दीका कारण गएको चैत ११ गते देखी बन्द भएका लामो दुरीका सवारी साधन आगामी असोज १ गते देखी सन्चालन हुने भएका छन् । तर सरकारले कोरोना माहामारीबाट जोगिनका लागी स्वास्थ्य मापदण्ड पालना अनिवार्य गर्नुपर्ने बताएको छ । सोहि अनुसार मापदण्ड तयार गरिएको छ । लामोदुरीका सवारी साधनमा प्रयोग गरिनुपर्ने शर्तहरु :
१.सवारी साधनमा ५० प्रतिशतमात्रै यात्रुहरु राख्न पाइनेछ । २ंभौतिक दुरी कायम हुने गरी एक पंक्तिको सीटमा एकजनामात्रै यात्रु राख्नुपर्ने छ । सीटबाहेक यात्रुहरु राख्न पाइने छैन । ३.सबै यात्रुहरुले मास्क अनिवार्यरुपमा लगाउनुपर्नेछ । ४.यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारीसाधनभित्र अनिवार्यरुपमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । ५.लक र सहचालकले मास्क, भाइजर र पञ्जाहरु लगाउनुपर्नेछ । ६.सवारी साधनलाई दैनिकरुपमा डिसइन्फेक्सन गरिरहनुपर्नेछ । ७.यो अवस्था रहँदासम्म तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशतसम्म सवारी साधनका सञ्चालकहरुले लिन पाउनुहुनेछ । ८.यस सम्बन्धमा भौतिक पूर्वाधार र यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदण्डहरु बनाउन सक्नेछन् र ती मापदण्डहरुको अनिवार्यरुपमा पालना गर्नु सवारी चालकहरु र यात्रुहरुको कर्तव्य हुनेछ । र यसको अनुगम यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्नूरगराउनुपर्नेछ । ८. संक्रमणको जोखिम बढ्दै गयो भने जोखिमको विश्लेषण गदैस्थानीय प्रशासनले आवश्यक थप निर्णयहरु गर्न सक्नेछ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।