तुलसीपुर, ३० भदौ । दाङको तुलसीपुर बजारका मुख्य सडकमा निर्माण सामग्री छरपष्ट रुपमा राख्दा दुर्घटनाको जोखिम बढेको छ । विभिन्न ठाउँबाट बजारमा सामान किनमेल गर्न आउनका सर्वसाधारण र सवारी साधनको बढी भिडभाड हुने मुख्य बजारका सडकमा जथाभावी सामान राख्दा दुर्घटनाको जोखिम संगै बजारको सौन्दर्यता समेत ह्ररास आएको छ ।
बजारका विभिन्न भागमा घरधनीहरुले छड् , बालुवा, गिट्टी, घर सेटिङका काठ, ईट्टा राखेर धमाधम घर निर्माण गरिरहेका छन् । बजारको मुख्य भाग वीपी चोक, वीरेन्द्र चोक, सल्यान रोड, सुर्खेत रोड लगाएत बजारका साहयक सडकहरुमा यत्रतत्र निर्माण सामग्री राखिएको छ । केहि घर धनीको अटेरिले हरियाली, स्वच्छ सफा र सुन्दर तुलसीपुरको सपना बोकेको ग्रिन तुलसीपुर क्लिन तुलसीपुुरको अभियानलाई मानमर्दन गरेको छ । अनुशासन भएन : सरसफाई अभियन्ता रिजाल
यता ग्रिन तुलसीपुर, क्लिन तुलसीपुरका अभियन्ता बिमल रिजालले अनुशासीत नभएका कारण यस्ता समस्याहरु बारम्बार दोहरिने गरेको बताउनुभयो । ‘तुलसीपुर बजार सानो छ । यसलाई हामीले चिटिक्क पार्न सक्छौ । तर हामीमा अनुशासन भएन । त्यसैले बजार कूरुप बन्दै गयो,’ अभियन्ता रिजालले भन्नुभयो– ‘यसका लागि नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थाले मापदण्ड बनाएर अघि बढ्न आवश्यक छ ।’ घर आगाडी फोहर गर्नेलाई पाँचसय देखि पाँचहजार रुपैयाँसम्म जरिवाना गरेको बताउदै अभियान्ता रिजालले कडाई नगर्दा सम्म अटेरि गर्नेलाई सुधार्न नसकिने बताउनुभयो ।
कोसइले टेर्दैनन् : वडा अध्यक्ष शाह
सडकमा जथाभावी निर्माण सामग्री नराख्न पटक पटक सूचना जारी गरेपनि कसैले नटेरेको ५ नं. वडाध्यक्ष वीरेन्द्र कुमार शाहले गुनासो गर्नुभयो । वडाको एक्लो प्रयासले मात्रै सरसफाईको कुरा सम्भव नभएको भन्दै सरसफाई सबैका लागि भएकाले नागरिक पनि सचेत र सजग हुन आवश्यक रहेको बताउनुभयो ।
लकडाउनबाट हेरेका छैनौ : वातावरण शाखा २०७३ भदौ ७ गतेबाट तुलसीपुरमा पहिलोपटक सुरु भएको ग्रिन तुलसीपुर क्लिन तुलसीपुर अभियानलाई सहयोग पु¥याउने तुलसीपुर उपमहानगरपालिका वातावरण महाशाखा समेत यो विषयमा अनविज्ञ छ ।
लकडाउनका कारण समय दिन नसकेको बताउदै वातावरण शाखा प्रमुख काजु शर्माले कर्मचारी पठाएर पहिलो पटक जानकारी दिने र त्यसपछि पनि अटेर गरेमा सामान जफत गर्ने बताउनुभयो । ‘अरु त्यस्तो कुनै कानुन छैन,’ प्रमुख शर्माले भन्नुभयो–‘ जानकारी गराएर हटाउन लगाउने हो । त्यसपछि पनि अटेर गरेपछि जफत गछौं ।’





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।