तुलसीपुर, ३० भदौ । तुलसीपुरमा रहेको राप्ती मालबाहक यातायात सेवा प्रालिले ५० जनाको कोरोना बिमा गरेको छ । प्रालिले आफना सदस्य बनेका गाडीका चालक र कार्यालयमा कार्यरत कर्मचारीहरुको एक लाखका दरले बार्षिक कोरोना बिना गरेको कार्यालयका फिल्ड अधिकृत ईश्वरी प्रसाद गैरेले जानकारी दिएका छन् ।
कोरोना माहामारीका बाबजुद पनि जोखीम मोलेर मालबाहक गाडी चलाउनु पर्ने अवस्था भएकाले गएको जेठ महिनामा ४३ जना चालक र ७ जना कर्मचारी गरी ५० जनाको कोरोना बिमा गरिदिएको उनले जानकारी दिएका छन् ।उनका अनुसार कोरोना बिमाको अवधी एक वर्षको हुनेछ ।
अजोड ईन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौमा कोरोना बिमा गरिएको हो । प्रालिमा ८४ जना व्यवसायी आबद्ध भएता पनि ४३ वटा गाडी चालकको मात्रै कोरोना बिमा भएकाले बाँकी रहेका गाडीका चालकहरुलाई सम्पर्कमा आउन आग्रह गरिएको छ । कोरोना माहामारीको जोखिम कायमै रहेकाले यातायात मजदुरहरुको जिवन रक्षाका लागी भन्दै प्रालिले कोरोना बिना गरेको फिल्ड अधिकृत गैरेले बताएका छन् । बिमा कम्पनीको नियम अनुसार एक वर्षको अवधीमा कुनै चालकलाई कोरोना देखीएमा कम्पनीले बिमा बापतको रकम एक लाख रुपैया उपलब्ध गराउने छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।