२०८३ कार्तिक २० गते शुक्रवार

असोज ५ गतेदेखि लामो दूरीका यातायात चल्न पाउने

काठमाडौँ, २९ भदौ । असोज ५ गतेदेखि लामो दूरीको यातायातका साधनहरु चल्न पाउने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको यातायातका साधन संगै आन्तरिक उडान सुचारु गर्न दिने निर्णय गरेको हो ।

चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय गरेपनि स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गर्नु पर्नेमा जोड दिएको छ । यस अघि यातायात व्यवसायीले असोज ५ गतेदेखि लामो दूरीका यातायातका सवारी साधन संचाल गर्ने भन्दै सरकारलाई जानकारी गराईसकेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।