२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा एक कुखुरा फर्ममा बाढि पस्दा एक हजार चल्ला नष्ट

तुलसीपुर, २९ भदौ । तुलसीपुरमा एक कुखुरा फर्ममा पानी पस्दा एक हजार चल्ला नष्ट भएको प्रहरीले बताएको छ । तुलसीपुर ८ चमेरेखोला रोल्पा गंगादेव गा.पा.४ बस्ने २३ बर्षिय राज कुमार वली र सोहि ठाउँका राम वलीको अस्थायी कुखुरा फर्ममा पानी पस्दा ब्रोईलर कुखुराको एक हजार चल्ला र १० बोरा दाना नष्ट भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गएराती देखी परेको अविरल बर्षातका कारण खोलामा आएको बाढि फर्ममा पस्दा क्षति भएको प्रहरीले बताएको छ । राती साढे १ बजे भएको घटना बारे प्रहरीले खवर पाएलगतै प्रहरी सहायक निरीक्षक प्रदिप खड्काको नेतृत्वमा ३ जना प्रहरी टोली पुगेर हेर्दा ४ लाख बराबरको क्षेती भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।