२०८३ कार्तिक २० गते शुक्रवार

यातायात मजदुरहरु तयारी अवस्थामा रहन आग्रह

दाङ, २५ भदौ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पाँच नम्वर प्रदेश कमिटिले प्रदेशका यातायात मजदुरहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । प्रदेश कमिटिका अध्यक्ष कृष्ण कडेलले विहिवार एक प्रेस विज्ञप्ती जारी गदै आगामी असोज १ गते देखी सर्वाजनिक यातायातका सवारी साधन सन्चालन गर्ने तयारी भईरहेको हुदा मजदुर तयारी अवस्थामा रहन आग्रह गरिएको हो ।

नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनहरुको सयुक्त बैठक बसी असोज १ गतेबाट गाडी चलाउने सहमती भए अनुसार सकुलर भएको जारी विज्ञप्तीमा जनाईएको छ । लामो समय सम्म यातायात क्षेत्र ठप्प हुदा स्वरोजगार व्यवसायी र मजदुरहरु मर्कामा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।अहिले मजदुरको घरमा छाक टार्न मुस्किल परेको छ भने सवारी धनीलाई बैंकको किस्ता तिर्न मुस्किल परेको अवस्थामा सरकारले कुनै सहयोग नगर्दा गाडी चलाउने स्थितिमिा आफुहरु पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बन्दाबन्दीले गर्दा आफुहरु निकै समस्यामा परेको हुदा यातायात सन्चालन गर्ने बातावरण मिलाई दिन सरकारसंग माग गरिएको छ । यदी गाडी सन्चालन नभए व्यवसायी र मजदुरहरुको समस्या सम्वोधन गरी राहातको व्यवस्था गरिदिन विज्ञप्ती मार्फत माग गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।