लक्ष्मण विश्वकर्मा,
तुलसीपुर ११ साउन ।
यातायात क्षेत्रमा सरोकार राख्ने एक टोली तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत बेलझुण्डीमा पुग्यो । आईतवार विहान साढे नौ बजे तिर उक्त टोली त्यहा पुग्दा सार्वजनिक यातायातका साधनहरु तुलसीपुर घोराही ओहोरदोहोर गरीरहेका थिए । जिल्ला सयुक्त यातायात प्राली समन्वय समितिका संयोजक घनश्याम बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर कमिटिका अध्यक्ष केशव बहादुर भण्डारी, तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र केसीको अघुवाईमा गएको संयुक्त टोलीले सार्वजनिक यातायातका सवारी साधनले कोरोना भाईरस संक्रमणबाट बच्नका लागी स्वास्थ्य सुरक्षालाई ध्यान दिए नदिएको बारेमा चेकजाँच गर्न थाल्यो ।
घोराहीबाट तुलसीपुर आउने र तुलसीपुरबाट घोराही जाने सवारी साधनलाई रोकेर अवलोकन गर्दा कतिपय सवारी साधनमा चालक,परिचालक र यात्रुहरुले सामाजिक दुरी कायम गरी मास्क प्रयोग गरेको पाईयो । गाडीमा बसेका यात्रुहरु प्रायले मास्क प्रयोग गरेका थिए । तर कतिपय सवारी साधनका चालक, परिचालकले मास्क प्रयोग गरेपनि यात्रुहरु धेरै राखेको , स्यानिटाईजर र पन्जाको प्रयोग नभएको पाईएपछि उक्त टोलीले आगामी दिनमा स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह समेत गरेको थियो ।
उनीहरुले चालक परिचालकलाई सम्झाउदै कोरोना भाईरस संक्रमणबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेका थिए ।धेरै जसो सवारी साधनका चालक र परिचालकले स्यानिटाईजर र पन्चा प्रयोग गरेको देखीदैनथ्यो । यद्यपी यातायात मजदुरहरुले आफुहरुले स्वास्थ्य सुरक्षा बारे ध्यान दिएको प्रतिक्रिया दिएका थिए । जिल्ला सयुक्त यातायात प्राली समन्वय समितिका संयोजक घनश्याम बस्नेतले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको अनिवार्य पालना गर्न आग्रह गरेका छन् । धेरे जसो सवारी साधनमा स्वास्थ्य सुरक्षालाई पालना गरिएको पाईएको बताउदै लापरबाही गरे व्यक्ति र समाजलाई नै असर पर्ने भन्दै यसप्रति सवै जोगिनु पर्ने उनको सुझाव थियो । तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र केसीले चालक र परिचालकलाई सरकारले हाल कायम गरेको सवारी भाडा भन्दा बढि भाडा यात्रु संग नलिन आग्रह गरेका थिए । यदि यात्रु संग चर्को भाडा लिने , गाडीमा सामाजिक दुरी कायम नगरी धेरै यात्रु राख्ने गरेको पाईएमा आगामी दिनमा कानुन अनुसार कारवाही गरिने चेतावनी दिदै त्यसो नगर्न आग्रह गरेका थिए ।यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर कमिटिका अध्यक्ष केशव बहादुर भण्डारीले कोरोना भाईरसबाट यातायात मजदुरले सवारी चलाउदा आफु पनि बच्ने र अरुलाई पनि बचाउने उद्देश्यका साथ स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेका थिए । सो अवसरमा तुलसीपुर यातायात सेवा प्रालिको प्रशासनिक सचिव निम कुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर कमिटिका सचिव यज्ञ बहादुर बुढाथोकी, नेपाल यातायात मजदुर संघ तुलसीपुर ईकाई कमिटिका अध्यक्ष सुर्वणराज भण्डारी र दिपक बुढाथोकी लगाएतले यातायात मजदुर संगै यात्रुहरु समेत सुरक्षित यात्रा गर्नका लागी स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए । यसमा स्वंयम यात्रुहरु पनि सचेत हुनुपर्ने भन्दै आम नागरिक यस बारेमा गम्भिर हुनुपर्नेमा जोड दिएका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।