तुलसीपुर, १७ बैशाख
रुकुममा प्रहरीले पाँच विघाह क्षेत्रफलमा लगाएको अफिमखेति नष्ट गरेको छ ।
जिल्लाको सानोभेरी गाउँपालिकाका–५ पतनी, धानखोला र त्रिवेणी गउँपालिकाको सितुवागंमा लगाएको अवैध अफिम खेति नष्ट गरिएको हो ।
अस्थायी प्रहरी पोष्ट माग्माबाट प्रहरी साहयक निरीक्षक कृष्ण बुढाको नेतृत्वमा गएको प्रहरी टोलीले अफिम नष्ट गरेको थियो ।
प्रहरीले यस अघि करिब १० विघाहमा लगाएको अफिम नष्ट गरिसकेको छ ।
प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार


















