तुलसीपुर,६ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध दुइ विद्यार्थी सगठनबीच एकता भएपछि बनेको अनेरास्ववियू दाङको संयोजकमा जंग रोका र सहसंयोजकमा सर्जन परियार चयन हुनुभएको छ । केन्द्रीय सबै जिल्लाका संयोजक र सहसंयोजक तोक्दै दाङमा संयोजक रोका र सहसंयोजकमा परियारलाई जिम्मा दिएको हो ।
त्यस्तै अनेरास्ववियू दाङको सहसंयोजकमा सर्जन परियार तोकिनुभएको छ । एकताअघि रोकाले माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन र परियारले एमालेसम्बद्ध विद्यार्थी संगठनको नेतृत्व गर्नुभएको थियो । त्यस्तै दाङका वीरबल खड्काले केन्द्रीय अनुशासन आयोग सदस्यको जिम्मेवारी पाउनुभएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।