२०८३ भाद्र ८ गते सोमवार

वडाध्यक्षले कमाउछन दूध बेचेर बार्षिक छ लाख

तुलसीपुर,१२ जेठ

‘विहानै उठ्छु गाई बाख्रा बाहिर सार्छु,’ तुलसीपुर उपमहागनरपालिका–९का वडाध्यक्ष घनश्याम ढकालले भने – ‘बुढीले दूधदोयर ठिक्क पारिदिन्छिन । मैले मलसोतर र घाँसपात गर्छु अनि दुध बोकेर बजार जान्छु ।’ यसैगरी अध्यक्ष ढकालले गाउँबाट बजारमा दुध लिएर विक्री गर्न थालेको १७ बर्ष भए छ । तर अझै उनि थोकेका छैन । अध्यक्ष ढकालले दुध, दही, बिक्री गरेर बार्षिक ६ लाख आम्दानी गर्ने गरेको बताउछन् । वडा अध्यक्ष भएरपनि विहानै उठेर बस्तुभाउलाई दानापिरो घाँसपात, मलसोतर र दुध बोकेर दैनिक बजारमा बिक्री गर्न जाँदा छिमेकी समेत छक्क पर्ने गरेका छन् ।
२०५९ सालमा देवदहबाट ३२ हजारमा ब्राउन सूईच नामको जर्सी गाई ल्याएर पाल्न सुरु गरेका अध्यक्ष ढकालसंग अहिले होलेष्टेन जातका दुई वटा गाई छन् । हिजो आआज गाई बर्केना भएकाले विहानको छाकमा दिएको २० लिटर दुध दोघरेमा रहेको नन्दन डेरी एग्रो टेर्डसमा लगेर अध्यक्षले ढकालले बिक्री गर्दै आएका छन् । त्यहाँबाट मात्रै उनले २७ हजार मासीक बुझने गरेका छन । विहानको दुध बजारमा लगेर बिक्री गरेपनि साँझको दुध भने घरबाटै बिक्री हुने गरेको उनले बताए । गाईको दुध बजारमा प्रति लिटर ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

यसको अलबा काँक्रा, करेला, बोरी, लौका, साक, घिरौंला बिक्री गरेर पनि करिब एक लाख कमाई गर्छन उनले । दुधबाट कमाई भएको पैसाले पुरानो ऋmण तीर्न देखि छोरालाई जापनामा पढ्न पठाएको र आफुलाई घर खर्च र राजनीतिक रुपमा दौडधुप गर्दा सजीलो भएको उनले सुनाए । दरिलो जोश, जाँगर, मेहनत र लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त धन आर्जन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण पछिल्लो समय ढकाल बनेका छन् । ‘अब त दुना गाई बर्केना पनि भईसके । एउटा जेठ १८ र अर्को भदौ ५ गतेको किलो (व्याउने) छ,’ अध्यक्ष ढकालले भने ,’ एउटा गाईले विहान र साँझ गरी २५ लिटरसम्म दुध दिन्छ ।’ २०७१ सालमा जिल्ला पशुकार्यालय दाङबाट ७० हजार अनुदान समेत उनले पाइसकेका छन् ।

ढकाललाई राजनीतिको सहारा गाई पालन नै भएको छ । ‘जागिरबाट मान्छेले रिटायर लाइफ विताउछ,’ राजनीति गर्ने मान्छेको पछिको भविष्य के त ? आफु असक्त भएपछि के गर्ने भन्दा उपाय छैन,’ ढकालले भने– ‘त्यसैले राजनीतिबाट सन्यास लिदा कृषी पेशालाई व्यवसायीक बनाउछु ।’
राजनीतिमा लागेकाहरुको गाँस, बास कपासको अवस्था दयनीय र अस्तव्यस्त देख्दा कहिलेकाँही राजनीतिमा बेकार हातहाले जस्तो लाग्ने गरेको बताउने उनले छोरालाई पनि जापानबाट फर्कीएपछि कृषी पेशामा नै लगाउने सोच छ । नेपाली कांग्रेसका क्षेत्रिय सभापति समेत रहेका ढकाललाई कक्षा ४ मा पढ्दै गर्दा २०३९ सालमा भारतको मर्सीआश्रममा वेद पढ्न गएका बेला जर्सी गाईको दुध, कचौरा देखेपछि कृषि पेशा तर्फ आकर्षण बढेको हो ।

पशु डाक्टर चाहिदैन
सुरुका बर्षमा गाई र बाख्रा बिरामी पर्दा पशु डाक्टर बोलाउनु परेपनि पछिल्लो समय भने आफै उपचार गर्ने गरेको उनले बताए । लामो समयसम्म पशु पालनमा नै लागेकाले अनुभवका आधारमा लक्षण देखा पर्ने वित्तीकै रोगको पहिचान गर्न सक्ने भएकाले सजीलै गाई बाख्राको उपचार गर्ने गरेको उनले बताए । । ‘बिरामी हुने वित्तिकै लक्षणका आधारमा रोग थाहा भइहाल्छ ,’ अध्यक्ष ढकालले भने –‘औषधी गर्ने देखि सुई समेत आफै लगाउछु । पैसा पनि बचैकै छ ।’

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया