२०८३ भाद्र ९ गते मङ्गलवार

विद्युत कार्यालयद्धारा ५ करोड भन्दा वढि बक्यौता, लामो समय सम्म महशुल नतिर्नेको लाईन काटिदै

लक्ष्मण विश्वकर्मा, तुलसीपुर १८ चैत । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले ५ करोड भन्दा वढि बक्यौता रहेको जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार वितेको झन्डै छ वर्षको अवधीमा ५ करोड ४९ लाख ७८ हजार ४ सय ७९ रुपैया रकम उठाउन बाँकी रहेको छ ।जसमा घरायसी देखी सरकारी तथा गैरसरकारी कार्यालयले प्रयोजन गरेको विद्युतको महसुल उठाउन बाँकी रहेकोे छ ।

तुलसीपुर वितरण केन्द्रको २०६९ देखी ०७५ फागुन मसान्त सम्मको तथ्याङक हेर्दा उक्त रकम उठाउन बाँकी रहेको केन्द्रका प्रमुख दिपकजंग चौधरीले जानकारी दिएका छन् ।केन्द्रको तथ्याङक अनुसार सवैभन्दा बढि घरबहालबाट तिन करोड अठार लाख उनाननब्वे हजार आठ सय बयालीस रुपैया बक्यौता रहेको छ ।

त्यस्तैगरी सडक बत्तीको एक करोड सरसठ्ठी लाख बयासी हजार नौ सय एक , उद्योगी व्यापारीबाट एक करोड चउन्न लाख दुई हजार छ सय अनठाउन्न , गैर व्यवसायीबाट पैतालिस लाख एक हजार पाँच सय पचपन्न, उद्योग, कलकारखानाबाट चालिस लाख त्रिपन्न हजार आठ सय बयालिस, सिचाई क्षेत्रबाट एक लाख पचहत्तर हजार बाउन्न, खानेपानी संस्थाबाट एक लाख एक्काईस हजार एक सय साठी , मन्दिरबाट पैतिस हजार भन्दा वढि रकम , समुदायबाट चौहत्तर हजार चार सय एक र क्षणिक आपुर्ति संस्थाबाट छ सय दश रुपैया उठाउन बाँकी रहेको केन्द्र प्रमुख चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार वितरण केन्द्रले ताकेता गर्दा समेत अटेरी गरी विद्युत महसुल बुझाउन बाँकी रहेकाहरु मध्ये कतिपय ग्राहकको विद्युत लाईन काटीएको छ भने लामो सम्म बहसुल नबुझाउनेहरुको पनि लाईन काट्ने तयारी गरिएको छ । साथै बक्यौता रकम रहेका ग्राहकलाई समयमै भुक्तानी गर्न आफुहरुले बारम्वार आग्रह गरेको केन्द्र प्रमुख चौधरीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १८ गते सोमवार
प्रतिक्रिया