२०८३ असोज ७ गते बुधवार

सेनाका जवानले किन आफै छातिमा गोली ठोके ?

तुलसीपुर १९ नेपाली सेनाका एक जवानले  गोली चलाएर आत्महत्या गरेका छन् । धनकुटाको सल्लेरीस्थित सेनाको वरख गणमा कार्यरत ३५ वर्षीय चेतराज जैशीले घटनाको प्रकृति हेर्दा आफैले बोकेको बन्दुक (एम १६) को गोली चलाएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जैसीले घटना हुनु केही समय पहिले साथीसँग ऋणका कारण आफू चरम तनावमा रहेको बताएको स्रोतले जनाएको छ । जैसीकी पत्नी धनकुटामा रहेको र उनी अचेत छिन्। पोस्टमार्टमपछि जैसीको लास आफन्तलाई जिम्मा लगाइएको छ । ड्युटीमा रहेको बेला शनिबार राति ८स्५० बजे गोली लाग्दा गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। डोटीको भूमिराजमाण्डु घर भएका जैसीको छातीमा एक गोली लागेको जनाइएको छ।  
प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।