काठमाडौं,९ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा, बेलायती पाउन्ड स्ट्रलिङको १९४ रुपैयाँ ६० पैसा र स्विस फ्रयांकको १७७ रुपैयाँ ०९ पैसा रहेको छ।
अस्ट्रेलियन डलरको बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलरको १०३ रुपैयाँ ८२ पैसा र सिंगापुर डलरको ११५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। यसैगरी, जापानी येन १० को बिक्रीदर नौ रुपैयाँ ३४ पैसा र चिनियाँ युआनको २२ रुपैयाँ ३५ पैसा रहेको छ। साउदी अरेबियन रियालको बिक्रीदर ३९ रुपैयाँ ७० पैसा र कतारी रियालको ४० रुपैयाँ ८७ पैसा कायम गरिएको छ।
यस्तै, यूएई दिरामको बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिंगेटको ३६ रुपैयाँ १९ पैसा र दक्षिण कोरियन वन १०० को ११ रुपैयाँ ०९ पैसा रहेको छ।राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको बिक्रीदर ४८१ रुपैयाँ ९२ पैसा, बहराइन दिनारको ३९५ रुपैयाँ पाँच पैसा र ओमनी रियालको ३८६ रुपैयाँ ९० पैसा कायम भएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।