२०८३ मङ्सिर ५ गते शनिवार

बिजौरी उद्योग बाणिज्य संघको अध्यक्षमा खत्री

तुलसीपुर,५ मंसिर । दाङको बिजौरी उद्योग बाणिज्य संघको अध्यक्षमा डिल्ली बहादुरखत्री निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्ष बाणिज्यमा खुमबहादुर बस्नेत, उपाध्यक्ष उद्योग तर्फ चित्रबहादुर खडका, महासचिवमा रबिन्द्र केसी, सचिवमा रमेश बस्नेत र कोषाध्यक्षमा सुनिल डाँगी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा प्रेमबहादुर वली, पुस्कर खडका, पवित्रा वली, वसन्त वली, गोबिन्द बहादुर बिक, नबिन खड्का, अर्जुन कुमार रेग्मी र सारदा केसी चयन हुनुभएको छ । वाणिज्य संघको छैठौ अधिवेशनले उक्त समिति चयन गरेको निर्वाचन संयोजक विष्णुमणी धितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।