दाङ,२८ कात्तिक । पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा पर्सि आइतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् विभूति पोखरेलका अनुसार आइतवारदेखि पश्चिमी वायुका कारण मौसममा परिवर्तन आउनेछ। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने अनुमान छ।
वर्षाको प्रभाव बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा समेत पर्न सक्ने महाशाखाले जनाएको छ। सम्भावित वर्षा र असिनाले खेतमा रहेको धानबाली तथा काटेर सुकाउन राखिएको परालमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई धानबाली तत्काल भित्र्याएर सुरक्षित राख्न मौसमविद्ले सुझाव दिएका छन्। यद्यपि, हिउँदे वर्षाले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले सकारात्मक प्रभावसमेत पार्न सक्ने मौसमविद् पोखरेलले बताउनुभएको छ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।