२०८३ कार्तिक २८ गते शनिवार

रुकुममा जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ

रुकुम,२७ कात्तिक । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । चौरजहारी नगरपालिका–२ स्थित बसपार्कबाट बिहीबार राति जुवातास खेलिरहेको अवस्थामा चौरजहारी नगरपालिका–१ निवासी ३५ वर्षीय दीपक नेपालीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५६ हजार ९ सय ९० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।