२०८३ कार्तिक २४ गते मङ्गलवार

रास्वपा नेता हरि रिजाललाई घरमै पुगेर धम्की !

दाङ, २४ कात्तिक । तुलसीपुर बजारको तल्लो चोकको नामकरण र त्यहाँ निर्माण गर्न खोजिएको राउन्डअबाउट (गोलचक्कर) बारे प्रश्न उठाएको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि रिजालले घरमै पुगेर आफूलाई धम्की दिइएको आरोप लगाउनु भएको छ । रिजालका अनुसार चोकको नामकरण र राउन्डअबाउट निर्माण प्रक्रियाबारे सार्वजनिक रूपमा प्रश्न उठाएको दिन राति केही व्यक्तिहरू उनको घरको गेटसम्म पुगेर गालीगलौज गर्नुका साथै ‘देख्लास्, पख्लास्’ भन्दै धम्की दिएर गएका हुन् ।

सामाजिक सञ्जालमार्फत घटनाबारे सार्वजनिक गर्दै रिजालले आफ्नो विचारसँग असहमत हुन पाइने भए पनि धम्क्याउने अधिकार कसैलाई नभएको बताउनुभयो । रिजालले नेपालको इतिहास, राष्ट्रिय एकता र राष्ट्रनिर्माणमा योगदान पु¥याएका व्यक्तित्वहरूको सम्मान गर्ने गरेको उल्लेख गर्दै पृथ्वीनारायण शाहप्रति आफ्नो विशेष सम्मान रहेको स्पष्ट पार्नु भएको छ ।

तर ऐतिहासिक व्यक्तित्वप्रतिको सम्मान र सार्वजनिक संरचनाको नामकरण तथा निर्माण प्रक्रियाबारे प्रश्न उठाउनु फरक विषय भएको उहाँको भनाई छ । रिजालले तुलसीपुरको बाहिनी चोकलाई पृथ्वी चोक नामकरण गर्ने निर्णय कसले ग¥यो, कुन प्रक्रियाबाट गरियो र राउन्डअबाउट निर्माणको प्राविधिक आधार के हो भन्ने प्रश्न उठाउनु भएको थियो । त्यस्तै, उक्त विषयमा स्थानीय सरकारको भूमिका र स्वीकृति कहाँ छ भन्ने जवाफ पनि माग्नु भएको थियो ।

‘लोकतन्त्रमा प्रश्न सोध्न पाइन्छ, असहमति राख्न पाइन्छ र आफ्नो विचार व्यक्त गर्न पाइन्छ । तर कसैको घरमा पुगेर गालीगलौज गर्नु, परिवारलाई त्रसित बनाउनु र व्यक्तिगत सुरक्षामाथि आशंका उत्पन्न हुने गरी धम्की दिनु कुनै पनि विचार, सिद्धान्त वा राजनीतिक आस्थाको परिचय हुन सक्दैन’, रिजालले भनेका भन्नु भएको छ ।

रिजालले यस्तो व्यवहारलाई अराजकता र गुन्डागर्दीको शैली भन्दै घोर भत्र्सना गरेका गर्नुभएको छ । साथै कुनै पनि धम्कीका कारण सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउने आफ्नो अधिकारबाट पछि नहट्ने उहाँले स्पष्ट पार्नु भएको छ ।

‘म कसैको विरोधी होइन, तर अन्याय, धम्की र सार्वजनिक जवाफदेहिताको अभावमा मौन बस्ने पनि छैन । व्यक्ति होइन, विचारसँग बहस गरौँ, धम्की होइन तर्क प्रस्तुत गरौँ र प्रतिशोध होइन विधिको शासन रोजौँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।’ घटनामा संलग्न भनिएका व्यक्तिहरूको पहिचान र आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।