दाङ, १२ कात्तिक । विपद जोखीम नक्सांकन कार्यशाला गोष्ठी लमहीमा सम्पन्न । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना एवं डिभिजन बन कार्यालय दाङ -देउखुरी) र तराई भु–परिधि तथा संरक्षण कार्यक्रमको समन्वय र सहकार्यमा राप्ती करीडोरका समुदायका लागी विपद जोखीम नक्सांकन एवं पुर्व सूचना प्रणालीको बारेमा छलफल गरिएको छ ।साथै पुर्व सूचना सञ्चार संयन्त्र निर्माण तथा अध्यावधिक गर्नका लागी छलफल भएको थियो । उक्त संयन्त्रलाई सम्पुर्ण सरोकारवाला निकाय सम्म प्रचार प्रचार गर्नु पर्ने धारणा सहभागीहरुले व्यक्त गर्नु भएको थियो । कार्यशालामा राप्ती करीडोरमा रहेका सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारी,सदस्यहरु,विद्यालयका शिक्षकहरु,बन समन्वय समितिका पदाधिकारी एवं सदस्यहरु,नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरु र समुदायका व्यक्तीहरुको सहभागीता रहेको थियो ।
दाङका सभापति श्री मदन गौतमको अध्यक्षता एवं बन डिभिजन कार्यालय दाङ -देउखुरी)का बन अधिकृत दिपक थारुको प्रमुख आतिथ्यता तथा लमही नगरपालीकाका विपद सम्पर्क व्यक्ती ललिता कडायतको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुलाई जिल्ला शाखाका मन्त्री प्रकाश श्रीवन्दले स्वागत गर्नु भएको थियो ।
कार्यशालाको सहजिकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका प्राविधिक संयोजक, भरतराज भाट,तराई भु–परिधि तथा संरक्षण कार्यक्रमका प्रोग्राम यसोसियट प्रतिक शाह र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यालय प्रमुख विश्राम अधिकारीले गर्नु भएको थियो । लमही नगरपालीका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ, तराई भु–परिधि तथा संरक्षण कार्यक्रमले लमही नगरापालीका बढी जोखीम समुदायहरुमा जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाहरुलाई माइकीङ र स्वयंसेवक परिचालन गरि समुदायमा सूचना प्रवाह गरिरहेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।