काठमाडौं, कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो आफ्नो नभएको दाबी सहित लिखित पत्र पेश गर्नुभएको छ । सुनार र एक महिलाबीचमा भएको भनिएको संवादबारे पार्टीको अनुशासन आयोगलाई सुनारले लिखित इन्कारी पत्र पेश गर्नु भएको हो । अनुशासन आयोगले गठन गरेको छानबिन समितिलाई सुनारले संवादको बोली आफ्नो नभएको दाबी गर्नुभएको छ । अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारको इन्कारी लिखित पत्र आएको जानकारी दिनुभयो । सुनारले इन्कार गरेपछि समितिले स्वतन्त्र प्रमाणको खोजी सुरु गरेको छ ।
काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा सुनारले, ‘सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’ भन्दै सामाजिक संजालमा लेख्नु भएको थियो ।
पार्टीबाट गठित छानबिन समितिले अडियो प्रसारण गर्ने जनआस्था पत्रिकासँग सम्पादन हुनु अघिको अडियो लिएको छ । साथै, पीडित भनिएकी महिलाको भनि प्रसारित अन्तर्वार्ताको अडियो प्राप्त गर्न समितिले न्युज २४ लाई पत्राचार गरेको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।