२०८३ कार्तिक ९ गते आइतवार

सुनको भाउ एकैदिन एघार हजार सात सय रुपैयाले घट्यो

फोटो फाईल

काठमाडौ, ८ कात्तिक । दशैँपछि पहिलो आईतवार कारोबार दिन आज सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ समायोजनसहित आज आइतबार घटेको सूची सार्वजनिक गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर घटेसँगै नेपाली बजारमा पनि दशैँका बेला भाउ घटेको महासंघले जनाएको छ ।

यसअघि गएको सोमबार सुन तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउ तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ तोलामा २३० रुपैयाँले घटेको छ । गएको सोमबार तोलाको ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक ९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।