२०८३ असोज २७ गते मङ्गलवार

दाङमा ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ,२७ असोज । दाङमा प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९, चैनपुर बस्ने २३ वर्षीय सुरेन्द्रबहादुर घर्ती मगर र वडा नम्बर १८ मसिना निवासी २४ वर्षीय अरुण घर्ती मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय नारायणपुर र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनिहरुलाइ हिजो पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ३७ ग्राम २३० मिलिग्राम ब्राउन सुगर, ६९ हजार ५०० रुपैयाँ नगद, दुई थान एन्ड्रोइड मोबाइल र एक थान डिजिटल तराजु बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अदालतबाट १२ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।