सांकेतिक तस्विर
काठमाण्डौ, ३० असार । सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरण धरानको स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुहबी- धरान ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि मर्मतका लागि गएको बा१ञा १६५१ नम्बरको स्कोरपिओ दुर्घटनामा परेको हो ।
सोमबार राति करिब ११ बजे कोशी लोकमार्गअन्तर्गत इटहरी–२० स्थित सेउती पुल नजिकै प्राधिकरणको स्कोरपिओ गाडी दुर्घटना हुँदा धरान–१३ का ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राई चालक हुनुहुन्छ भने आचार्य प्राधिकरणका प्राविधिक कर्मचारी रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार






