२०८३ असार २९ गते सोमवार

घोराहीका वडा सदस्य बुढाथोकी अमानवीय व्यवहार सम्बन्धी कसुरमा पक्राउ

फोटो फाईल

तुलसीपुर २९ असार । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा प्रहरीले वडा सदस्यलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत शनिबार बिहान वडा सदस्य ४२ वर्षीय लेखनाथ (उत्तम) बुढाथोकीले निर्वाचन गराउन जाँदै गरेका शिक्षा अधिकृत अजय बोहोराको मोटरसाइकल रोकी उहाको शरीरमा मोबिल छर्किएर दुव्र्यवहार गरेको प्रहरीले बताएको छ। घटनापछि फरार भएका वडा सदस्यलाई पीडितको जाहेरी पछी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी डाक्टर हेम बहादुर केसिले जानकारी दिनुभयो ।

उहाका अनुसार पक्राउ परेका वडा सदस्य माथी अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। त्यसपछि दाङ जिल्ला अदालत, घोराहीबाट पक्राउ पुर्जी जारी गरि पक्राउ गरिएको प्रहरीले जनाएको छ। फरार रहेका बुढाथोकीलाई खोजतलास गर्ने क्रममा आज पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार
प्रतिक्रिया