२०८३ कार्तिक ८ गते शनिवार

ट्रकसंग स्कुटर ठोक्किँदा चालक सहित दुई जनाको मृत्यु

फोटो फाईल

चितवन, ८ असार । चितवनमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कुटर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका–१५ मा भएको दुर्घटनामा स्कुटर चालक भरतपुर–२६ का २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।