२०८३ असार १० गते बुधवार

तुलसीपुरको गिदनियामा महिला मृत फेला

तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिका १३ गिदनियामा एक महिला मृत फेला परेकी छन् । घर नजिकै रहेको मकै बारीमा अन्दाजी ६० वर्षकी चेच्या चौधरी मृत फेला परेको तुलसीपुर उपमहानगरपालिका १३ का वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटना हिजो दिउँसोको हो ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार
प्रतिक्रिया