२०८३ असार ८ गते सोमवार

सल्यानमा जेन्जी अभियान्ता बताउने युवराज खडका पक्राउ

तुलसीपुर, ८ असार । सल्यानमा आफुलाई जेन्जी अभियान्ता बताउने युवराज खडकालाई प्रहरीले पक्राउ गरेको छ । खडकालाई शारदा नगरपालिका–४ साइलाकम्दाबाट बिहान १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दिपक पातलीले जानकारी दिनुभयो ।
बागचौर नगरपालिका मेयर जनकराज गौतमले दिएको निवेदनका आधारमा खडकालाई पक्राउ गरिएको हो ।

उनलाई साइबरक्राइममा मुद्दा चलाईने प्रहरीले जनाएको छ । मेयर गौतमले काठ तस्करी गरेको आरोप लगाउँदै खडकाले केही समय अघि सामाजिक संजाल फेवसुकमा लेखेका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानले जोहेरी नलिएपछि मेयर गौतमले गत वैशाखमा सरकारी वकिलको कार्यालय मार्फत निवेदन दिनुभएको थियो । यस अघि पक्राउ पर्न नसकेका खड्कालाई  अहिलेका प्रहरी प्रमुख दिपक पातली आएपछि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार
प्रतिक्रिया