तुलसीपुर, १८ जेठ । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षका मनोज नेपाली र उहाँका छोरा ५ वर्षका मिनाराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमराज पराजुलीले जानकारी दिनुभयो ।त्यसैगरी सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षकी अमृता नेपाली घाइते हुनुभएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते बाबुछोराको नेपालगन्जमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । घाईते अमृता नेपालीको नेपालगन्जमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुरको घोराही रोड स्थित गुल्मचोकमा रा १ ख२१९२ नम्बरको टिप्परमा रा४प ३३९०को मोटरसाइकल एकआपसमा ठोक्कीदा उक्त दुर्घटना भएको थियो । घोराहीबाट गुल्मचोक पार गरेर उत्तर तर्फजाँदै गरेको टिप्पर र तुलसीपुरबाट लमहीजाँदै गरेको मोटरसाइकल चोकमा एक आपसमा ठोक्किएका थिए ।दुर्घटना बिहान करिब ६ बजे भएको थियो ।






