२०८३ जेष्ठ १६ गते शनिवार

पश्चिम दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सांकेतिक तस्विर

तुलसीपुर, १६ जेठ । पश्चिम दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम दाङको शान्तिनगर गाउँपालिका ४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बबई गाउँपालिका–७ बेलासपुर स्थित शुक्रवार बेलुका बबई नदीमा साथीहरु संगै माछा मार्ने क्रममा करेन्ट लागेर केसीको मृत्यु भएको प्रहरलिे बताएको छ ।

ब्याट्रीबाट करेन्ट प्रवाह हुदा घाइते भएका केसीलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको थियो । केसीको उपचारकै क्रममा निधन भएको प्रहरीको भनाई छ । प्रहरीले केसीको मृत्यु भएपछि उनी संगै माछा मार्न गएका अन्य छ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार
प्रतिक्रिया