तुलसीपुर, २३ फागुन । दाङमा दुई वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । गत विहिवार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको जिल्लाको क्षेत्र नम्वर २ र ३ को अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा रास्वपाका उमेदवारहरु अत्यधिक मत सहित विजयी भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाइ फराकिलो मतान्तरले पराजित गर्दै रास्वपाका विपिन कुमार आचार्य विजयी हुनु भएको छ । उहाले ४३,५५७ मत प्राप्त गरेर विजयी हुनु भएको छ भने एमालेका शंकर पोख्रेलले १५,२८२ मत प्राप्त गर्नु भएको छ ।
रास्वपाका आचार्यले पोख्रेललाई २८ हजार २७५ को मतान्तरले पराजित गर्नुभएको छ । यस्तैगरी निर्वाचन क्षेत्र नम्वर ३ को पनि अन्तिम नतिजा सार्वजनिक गरिएको छ । निर्वाचन कार्यालयका अनुसार रास्वपाका उमेदवार कमल सुवेदीले ४४२४८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिपक गिरीले १६४५३ मत प्राप्त गर्नुभएको छ । सुवेदीले गिरीलाई २७७९५ मतान्तरले पराजित गर्नुभएको छ । यस्तैगरी एमालेका घनश्याम पाण्डेले १२१९५ र नेपाली कम्युनिष्ट पाटीका धन बहादुर मास्कीले ९३२८ मत प्राप्त गर्नुभएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ मा मतगणना भईरहेको छ । निर्वाचन कार्यालयका अनुसार अन्तिम मतपरिणाम आउन केहि समय लाग्ने भएको छ । त्यस निर्वाचन क्षेत्रमा पनि रास्वपाका उमेदवार देवराज पाठकको जित सुनिश्चित जस्तै बनेको छ । उहाले अन्य प्रतिस्प्रर्धीहरुलाई धेरै फराकिलो मतले पछी पार्नुभएको छ ।












