२०८३ बैशाख ६ गते आइतवार

एमालेका उमेदवार घनश्याम पाण्डेका प्रतिबद्धता पत्र यस्ता छन् (पुर्णपाठ सहित)

तुलसीपुर, १४ फागुन । यहि फागनु २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति आउन अब ८ दिन मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फका उम्मेदवार घनश्याम पाण्डेले पश्चिम दाङको ग्रामिण बस्तीबाट आफनो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

जनतालाई शिघ्र सेवा र हामी बनाउछौ पश्चिम दाङ भन्ने मुल नारालाई अघि सार्दै प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
यस्ता छन् प्रतिवद्धता पत्र…

आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनी।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(एमाले)कोतर्फबाट दाङक्षेत्रनं३मा यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि मेरा सोच  र संकल्पसहित उमेद्वारकोरुपमा तपाईहरुमाझ आईपुगेको छु ।मुलुकको आमुल परिवर्तनका लागि आफ्नो जीवन आहुति गर्ने ज्ञात अज्ञात महान सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै उहाँहरुले देखाएको परिवर्तनको बाटोमा अविचलित भइ अघी बढ्ने प्रण समेत गर्दछु ।

विगतमा यहाँहरुले विश्वास गरेर मलाई जिम्मेवारी दिए पश्चात यस क्षेत्रको समृद्धिका लागि मैले गरेका परिणाममुखी कामहरुको मुल्याङ्कनका आधारमा फेरी पनि  यस क्षेत्रको नेतृत्व गर्दै बाँकी अभिभारा पुरा गर्ने जिम्मेवारी यहाँहरुले मलाई नै दिनुहुनेछ भन्ने अटल विश्वासछ।

मैले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख हुदा तुलसीपुर मात्रै होइन समग्र पश्चिम दाङकै समृद्धिका लागि नेतृत्वदायी भुमिका निर्वाह गरे । स्थानीयदेखि प्रदेश र केन्द्रसम्म नीति निर्माण तहमा प्रभाव पार्ने गरी यहाँको जनजीविकाको सवालमा पैरवी गर्दै आएको छु । मलाई गर्व छ जति काम गरें जनताको शिर उचो पार्ने काम नै गरें ।

म विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माण र कार्यान्वयन तहमा काम गर्दै आएका कारण प्रतिनिधि सभा सदस्यको जिम्मेवारी र भुमिकामा न्याय गर्न सक्छु भन्ने आत्मविश्वासका साथ पहिलो पटक उक्त पदमा यहाँहरुको साथ खोजेको छु ।

मैले विगतमा जे बोले त्यो पुरा गरे ;

 

  • तुलसीपुरलाई मातृशिशु मृत्युदर शुन्य भएको पालिकाको रुपमा स्थापित गरें ।
  • सुत्केरी महिलाहरुलाई पोषण भत्ता व्यवस्था गरे ।
  • छोरीको शिक्षा,स्वास्थ्य र बालविवाह न्युनीकरणका लागि स्मार्ट छोरी कार्यक्रम सञ्चालन गरे ।
  • तुलसीपुरलाई पूर्ण साक्षर पालिका घोषणा गरे ।
  • मोतिविन्दुमुक्त उपमहानगर निर्माणका लागि मोतिविन्दुको निशुल्क शल्यक्रियाको व्यवस्था गरे ।
  • तुलसीपुरलाई खरको छानोमुक्त पालिका घोषणा गरे ।
  • तुलसीपुर मेट्रो कलेज स्थापना गरे ।
  • तुलसीपुर मेट्रो अस्पताल स्थापना गरे ।
  • किसानहरुका उत्पादन बिक्री वितरणका लागि तुलसीपुर तरकारी बजार स्थापना गरे ।
  • तुलसीपुर बसपार्कलाई देशकै नमुनाकारुपमा स्थापित गरे ।
  • तुलसीपुर अटो भिलेज स्थापना गरे ।
  • लामो समयदेखि अवरुद्ध भएको टरिगाउँ विमानस्थल सूचारु गरी टर्मिनल भवन र इन्धन डिपो स्थापना गरे ।
  • तुलसीपुरको व्यवसाय प्रवर्द्धनका लागि तुलसी ट्रेड टावर स्थापना गरे ।
  • तुलसीपुरलाई योगासिटीकारुपमा विकास गरे ।
  • विद्यार्थी संख्याका आधारमा मेघा र नमुना स्कुलको अवधारणा ल्याए ।
  • तुलसीपुर विकास प्राधिकरणको गठन गरी तुलसीपुरका सबै ठाउँमा बाटो विस्तार र स्तरोन्नती गरे ।
  • छिमेकी पालिकाहरुसँग समन्वय र सहकार्य गरी पश्चिम दाङको विकास लागि अन्तरपालिका सम्बन्ध विस्तार गरे ।
  • तुलसीपुर रक्त सञ्चार केन्द्रको स्थापना
  • राप्ती आँखा अस्पतालको भौतिक अवस्था सुधार
  • तुलसीपुर उपमहानगरपालिकाको प्रथम आवधिक नगर विकास योजना २५ वर्षे रणनीतिक योजना निर्माण गरे ।
  • तुलसीपुरका साथै दंगिशरण,शान्तिनगर र बबईगाउँपालिकासँग समन्वय गरी उद्ममशिलता प्रवर्द्धन र युवा र महिलाहरुलाई स्वरोजगार बनाउने काम गरे ।
  • पश्चिम दाङको विकासका लागि प्रदेश तथा संघमा लबिङको काम गरे ।
  • ८ वटा स्वास्थ्य संस्थाबाट २१ वटामा विस्तार गरे ।
  • कोभिडको समयमा कोरोना अस्पताल स्थापना गरी धेरै मानिसको ज्यान जोगाउने काम गरे ।

अब म यस्तो गर्छुः

नीति निर्माणमा मेरो भूमिकाः

१) प्रतिनिधिसभासदस्यकोरुपमामैलेखेल्नेभूमिकासधैराष्ट्रियस्वाधिनता,अखण्डता,स्वतन्त्रता, सामाजिकन्यायरसंघीयलोकतान्त्रिकगणतन्त्रकोपक्षमाकेन्द्रितरहनेछ।

२)नीतिनिर्माणरकानूनतर्जुमागर्दादेशरजनताकोहितलाईसर्वोपरीराखीयोगदानगर्नेछु।

३)दाङक्षेत्र नम्बर ३ को विकासका लागि म हरदम क्रियाशील रहनेछु।संघसरकारबाट बढी भन्दा बढीयोजनार बजेटल्याउन पहलकदमी लिनेछु ।

४) दाङजिल्लाको निर्वाचन क्षेत्रनं३मेरोजन्म, जीवन, भावना र भविष्यजोडिएको भूगोलहो।यस भूगोलमा मैले मेरो सामर्थ्यले भ्याएसम्म यहाका बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीको मुहार उज्यालो बनाउने काम गर्नेछु।

५) गुणस्तरीयशिक्षारस्वास्थ्यसुलभ बनाउन संघीय विधायकको हैसियतमा नीतिगत तथा कानुनी सुधारका लागि भूमिका खेल्नेछु ।

६)स्थानीय जनताका सानासाना समस्याहरुमा सिँगो देशकोध्यानतान्नकालागिसंसदमानिरन्तरआवाजउठाउनेछु।

७)महिला,बालबालिका,युवा,ज्येष्ठ नागरीक,दलित,जनजाति,मधेसी, मुस्लिम,अल्पसंख्यक र पछाडी पारिएका बर्गको उत्थानका लागि नीति निर्माण गर्न भूमिका खेल्नेछु ।

८)नवयुवाको भावना र गतिशिलतालाई सम्मान गर्दै युवा सहभागिता,नेतृत्व विकास र सुशासनका लागि निरन्तर पहल गर्नेछु ।

९) नेकपा एमालेको राष्ट्रिय घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई प्राथमिकतामा राखेर पैरवी गर्नेछु ।

१०) जेनजीयुवाहरुलेउठाएकासवालहरुलाईनीतिगतरुपमाअगाडीबढाउनआवाजउठाउनेछु।

११) सार्वजनिकसेवालाईसेवाग्राहीमैत्रीबनाउनकालागिआवश्यकनीतिनिर्माणकोपैरवीगर्नेछु।

भौतिक पूर्वाधारः

१. राप्ती राजमार्ग स्तरोन्नती कार्यको अवरोधलाई समाधान गरिनेछ ।

२. लुम्बिनीरकर्णालीप्रदेशजोड्नेवैकल्पिकमार्गकोरुपमारहेकोप्रतापकोटलुहामप्रस्तावितगंगालालमार्गको स्तरोन्नति गरिनेछ ।

३.फुलबारी–बाख्रे–रिहारकोबैकल्पिकमार्गलाईबढिभारक्षमताभएकागाडीहरुसञ्चालनगर्नेगरीनिर्माणगरिनेछ।

२.मदन भण्डारी राजमार्गको बजार केन्द्र रहेका स्थानहरुमा फुटपाथ सहित सडक सौन्दर्यीकरण गरिनेछ ।

३.तुलसीपुर चिराघाट खिलतपुर सडक स्तरोन्नति गरिनेछ ।

४.घोराही आँखा अस्पताल हुँदै पञ्चकुले जोड्ने वैकल्पिक सडक स्तरोन्नति र विस्तार गरिनेछ ।

५.बबई नदीमा तटबन्ध गरी दुबैतर्फ करिडोर निर्माण गरिनेछ ।

६.ग्रामिण बस्तिलाई मुख्य सडकसँग जोड्न शाखा सडक निर्माण तथा स्तरोन्नति गर्ने ।

७.  ७२ सिटे जहाज सञ्चालन हुने गरी विमानस्थल विस्तार गरिनेछ ।

८.ग्वारखोला हाइड्याम निर्माण गरी बहुउपयोगमा ल्याइनेछ साथै बहुला खोलामा हाइड्याम निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

९.सतहपानीकोस्रोतनभएकास्थानहरुमाडिपबोरिङ, लिफ्टिङरसौर्यप्रणालीबाटसिचाईसेवाबिस्तारगरीसवैखेतियोग्यजमिनमासिंचाइगरिनेछ।

९.आगामी पाँचवर्षभित्र थप पचास प्रतिशत सिचाई नपुगेका खेतियोग्य जमिनमा सिचाई सुविधा विस्तार गरिनेछ ।

१०.सिचाई प्रयोजनमा रहेका कच्ची कुलाहरुलाई पक्की बनाउँदै लगिनेछ ।

११. विद्युत नपुगेका सम्पूर्ण घरधुरीमा ग्रामिण विद्युतीकरणका साथै वैकल्पिक उर्जाको व्यवस्था गरिनेछ ।

१२.यहाँका सबै क्षेत्रमा फाइभ जि इन्टरनेट  सेवा विस्तार गरिनेछ ।

१३.खानेपानी सेवालाई पहुँचयोग्य बनाउन १ घर १ धारा अभियानलाई घनिभुतरुपमा सञ्चालन गरिनेछ ।

१४.यस क्षेत्रका सबै खानेपानी आयोजनाहरुमा पानी शुद्धिकरण प्रविधि जडान गरिनेछ ।

१५.आवश्यक स्थानमा पुलहरु निर्माण गरी  यातायातको सुगमता  र पहुँच वृद्धि गरिनेछ ।

१६.गँगटेबाट श्रीमणीमार्गलाईविस्तारगरिनेछ।

१७.दामोदरमार्गविस्ताररस्तरोन्तिलाईतिव्रतादिइनेछ।

 सामाजिक विकास

१. एक पालिका एक नमुना स्कुल सञ्चालन गरी गुणस्तरीय र नवप्रवर्तनकारी शिक्षामा जोड दिइनेछ ।

२. पश्चित दाङ्गलाई समेट्ने गरी विज्ञान तथा प्रविधि कलेज स्थापनागरीनिम्नवर्गकाविद्यार्थीहरुलाईपनिप्राविधिकशिक्षाकोपहुँचमाल्याइनेछ।

३.तुलसीपुर मेट्रो कलेज,राप्ती बबईबहुमुखी क्याम्पसलाईआङ्गिककलेजकारुपमाविकासगर्नुकासाथैपुरन्धाराबहुमुखी क्याम्पसलाईपश्चिमदाङ्गकोनमुनाक्याम्पसकारुपमारुपान्तरणगरिनेछ।
४. तुलसीपुर,दंगिशरण,शान्तिनगर र बबई गाउँपालिकामा इलर्निङ्ग सहितको नमुना पुस्तकालय निर्माण गरिनेछ ।

५. पूर्वप्राथमिकशिक्षाकालागि१वडा१नमूनाबालविकासकेन्द्रस्थापनागरिनेछ।अन्यबालविकासकेन्द्रहरुकोस्तरउन्नतिगरिनेछ।

७.फरकक्षमतकाबालबालिकाकालागिआवाशियविद्यालयसञ्चालनकालागिपहलगरिनेछ।

६. सबै नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न स्वास्थ्य संस्थाहरुको सबलिकरण गरिनेछ।

७.सबै पालिका अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्था गरिनेछ ।

८.गरिब तथा विपन्न वर्गका मानिसहरुलाई लक्षित गरेर सर्वसुलभ एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

९.राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडको अस्पतालमा स्तरोन्नति गर्नुका साथै विशेषज्ञ सेवा विस्तार गरिनेछ ।

१०.सिकलसेलएनिमिया,थाल्सेमियाकोनिशुल्कपरिक्षणकोव्यवस्थामिलाइनुकासाथैनसर्नेरोगहरुकोरोकथामकालागिविशेषअभियानसञ्चालनगरिनेछ।

११.थारुसमुदायमारहेकोमन्त्र, मेडिसिनरमसाज (गुरुवा, बैडावारसोरिन्ह्या) उपचारपद्धतिकोअनुसन्धानरविकासगरिनेछ।

१२. एक वडा एक योग ध्यान केन्द्र स्थापनाका लागि प्रोत्साहन र संरचना निर्माण गरिनेछ ।

१३.महिनावारीका नाममा हुने सबै प्रकारका विभेद अन्त्य गर्न मर्यादित महिनावारीका लागि सचेतना अभिवृद्धि गरिनेछ ।

१४. राप्तीआयुर्वेदिकऔषधालयदोघरेलाईसुविधासम्पन्नरसेवाविस्तारगरिनेछ।

१५. रोगकोपहिचानमासबैकोपहुँचस्थापितगर्नकालागिपश्चिमदाङ्गकाबागरअस्पतालमाविशेषप्याथोलोजिल्याबसञ्चालनगरिनेछ।

१. कुनैपनिप्रकारकोलैंगिकहिंसातथाविभेदमाशून्यसहनशिलताअपनाईनेछ।

२.महिलाउद्यमीकार्यक्रमहरुसञ्चालनगरीमहिलाहरुलाईउद्यममाप्रोत्साहनगरिनेछ।

३. महिलास्वास्थ्यस्वयंसेवीकाहरुकोप्रोत्साहनभत्ताबृद्धिगर्दैलगिनेछ।

४. विपन्नतथापछाडिपारिएकामहिलाहरुलाईसमाजिकपरिचालनकोमाध्यमवाटसशक्तिकरणगरिअधिकारहकदावीगर्नेहैसियतमापुर्याइनेछ ।

५. विपन्न, दलित, अल्पसंख्यकतथालोपोन्मुखकालागिजनताआवासकार्यक्रमकोनिरन्तरतातथाथपकार्यक्रमसञ्चालनगरिनेछ।

६. दलित, जनजातीरलोपोन्मुखसमुदायकापरम्परागतज्ञानसिपरसंस्कृतिलाईप्रवर्द्धनगर्दैलगिनेछ।

७. अन्तरजातियविवाहगर्नेदलितहरुलाइसामाजिकपुर्नस्थापनातथासम्मानगरिनेछ।

८.बालबालिकाको शिक्षा,स्वास्थ्य,पोषण लगायतका अधिकारहरुलाई सुनुश्चित गरिनेछ ।

९. सामाजिकसुरक्षाभत्तावितरणलाईसहजरप्रभावकारीबनाइनेछ।

१०. अस्पतालहरुमावृद्धवृद्धासेवाकेन्द्रस्थापनागरिघरदैलोमास्वास्थ्यसेवाउपलब्धगराईनेछ।

११. सम्पूर्णअपाङ्गताभएकाबालबालिकाहरूकोशिक्षामापहुँचपु¥याउनबौद्धिक, दृष्टिविहीन, बहिरारअतिअशक्तअपाङ्गताभएकाहरूकोलागिविशेषकक्षासञ्चालनभएकाविद्यालयहरूकोसबलीकरणतथाशिक्षकतथाआयाहरूकोक्षमताविकासगर्नेव्यवस्थागरिनेछ।

१२.अपाङ्गताभएकाव्यक्तिहरूलाईरोजगारीकोअवसरमाप्राथमिकतादिइनेछ।

वन तथा वातावरणः

१. वनसंरक्षणतथावनकोदिगोव्यवस्थापनरउपयोगगरीवनजन्यउद्योगकोप्रवर्द्धनगर्ने, जडिवुटीखेतीकोविस्तारगर्ने, तथाभू–संरक्षणरजलाधारक्षेत्रव्यवस्थापनगरिनेछ।

२. वनजंगल, वनस्पतिरवनजन्यसम्पदालेभरपूरदाङलाईनेपालकोनमूनाहरितजिल्लाकोरुपमापरिचितहुनेगरिकार्यक्रमसंचालनगरिनेछ।

४. जथाभावीवनफडानीरडढेलोनियन्त्रणकालागिप्रभावकारीकार्यक्रमसञ्चालनगरिनेछ।

५.जलवायु परिवर्तन अनुकुलनका लागि विशेष कार्यक्रमका साथै  सिमसारक्षेत्रहरुकोसंरक्षणरसम्वर्द्धनगरिनेछ।

६. भूकम्प, बाढि, पहिरो, आगलागीजस्ताप्रकोपबाटपिडितरविस्थापीतहरुलाईतत्कालराहतरपुनर्स्थापनाव्यवस्थागरिनेछ।

७.सामुदायिकवनतथापारिवारीकतथानिजीबनमाहरितउद्यमशिलताकाकार्यक्रमहरुसञ्चालनगरिनुकासाथैएकसामुदायिकवनएकउद्यमकोनीतिअवलम्बनगरिनेछ।

युवातथाखेलकुदविकास,

१. युवाप्रतिभाकोखोजीगरीउनीहरुकोक्षमताकोसदुपयोगगरिनेछ।

२. युवाहरुलेआविष्कारगरेकायन्त्र, उपकरणतथासामाग्रीलाईव्यावसायीकवनाउनप्रोत्साहनगरिनेछ।

३. अत्याधुनिकयुवासूचनाकेन्द्रकोस्थापनागरिनेछ।

४. युवास्वरोजगारकार्यक्रमलाईप्रभावकारीरुपमासञ्चालनगरिनेछ।

५. परम्परागतसिपरप्रविधिलाईसंरक्षणरविकासगरीआयआर्जनहुनेकाममाजोडिनेछ।

६. प्रदेशस्तरकोस्पोर्टएकेडेमीकोस्थापनागरीखेलरखेलाडीहरुकोविकास, संरक्षण, प्रोत्साहनतथासम्मानगरिनेछ।

पर्यटन विकासः

१. महतवाप्रक्रियालाईकानुनीमान्यतादिनका लागि नीति निर्माण गरिनेछ ।

२. हरेकथारुगाउँलाईसजिवसाँस्कृतिकसंग्रहालयबनाइनेछ।

३. छिल्लीकोट, प्रतापकोट, चमेरेगुफा,राप्ती शान्ती उद्यान,पुरन्धारा झरना, धागे झरना,सुईकोटलगायतकाविभिन्नपर्यटकीयस्थलहरुमाजानकालागिगुणस्तरिकसडकतथापदमार्गनिर्माणगरिनेछ।

४. प्रतापकोट, छिल्लीकोटररसुईकोटमासाहसीकपर्यटन ( प्याराग्लाइडिङ्ग, क्यानोनिङ्ग, जिपलाईन) क्षेत्रकोरुपमाविकासगरिनेछ।

५.पश्चिम दाङमा रहेकाऐतिहासिक, साँस्कृतीकसभ्यतारसम्पदाकोसंरक्षणगरिनेछ।आर्थिकविकासकोकेन्द्रविन्दुपर्यटनभएकोहुनालेथारुजातीहरुकोपहिचानलाईनेपालकोपर्यटनकोविकासमालगाईनेछ।

भूउपयोग

१.बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र अन्तर्गत पर्ने बबई गाउँपालिकाका विभिन्न गाउँहरुलाई आवश्यक नीति बनाई वस्ति स्थानान्तरण गरिनेछ ।

२.सुकुम्बासी र भुमिहिनहरुलाई लालपुर्जा वितरणकार्य अवरुद्ध भएकोमा त्यसलाई निरन्तरता दिइनेछ ।

३.बढ्दो शहरीकरणले बढाएको अव्यवस्थित शहरीकरणलाई व्यवस्थित गरिनेछ ।

भ्रष्टाचारमुक्तसरकार, सुशासनरन्यायकोआधार

१. भ्रष्टाचारमुक्तरचुस्तप्रशासनसन्चालनगरिनेछ।

२.डिजिटलप्रविधिमार्फतजनताकागुनासासुन्नेरसमाधानगर्नेनीतिअवलम्बनगरिनेछ।

२. सवैसेवाग्राहीलाई, सर्वसुलभ,भरपर्दोरगुणस्तरीयसेवाप्रवाहगरिनेछ।

३. जातीय, धार्मिकतथासाम्प्रदायिकसद्भावकायमगर्नबिशेषध्यानदिइनेछ।

प्रशासनिक सुदृढीकरण र पूर्वाधार

पश्चिम दाङको केन्द्र (तुलसीपुर)मा रहेका उच्च अदालत,प्रादेशिकप्रहरी कार्यालय, बाहिनी,प्रादेशिक अस्पताल र अन्य प्रादेशिक कार्यालयहरूलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने। यी कार्यालयहरूको सेवालाई नागरिकमैत्री बनाउन नीतिगत र प्रशासनिक पहल गरिनेछ।

प्रिय मतदाता बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु!

महजुरहरु समक्ष योठाउँ बदल्ने दृढ संकल्प लिएर आएको छु।हजुरहरुले मलाई अमूल्यमत दिएर विजयी बनाउनु हुने छ र म मेरा बाचाहरु पुरा गर्न सक्षम हुन्छु भन्ने मेरो विश्वास छ।मेरो हार्दिक अनुरोध छ , हजुरहरुले पटकपटक सोच्नुहोला।आफु र आफ्ना सन्ततिको भविष्य उज्ज्वल बनाउनका लागि भरोसायोग्य उम्मेदवारलाई मत दिनुहोला।नेकपा(एमाले) को निर्वाचन चिन्ह सूर्यमा स्वस्तिक छाप लगाएर गोप्य मतदान गर्नुहोला। महजुरहरुको गोप्यमतको सदा सम्मान गर्नेछु।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया