तुलसीपुुर, ३० चैत । दाङको तुलसीपुरमा रहेको सजना मिष्ठान भण्डारले पत्रकारमाथी गरेको अमानविय व्यवहारप्रति चौतर्फी विरोध हुन थालेको छ । केहीदिन अघि सजना मिष्ठान भण्डारमा कार्यरत कुकले खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डसम्बन्धी न्युनतम नियम प्रयोग नगरी खाना बनाइरहेको बिषयमा तुलसीपुर खबरबाट समाचार प्रकाशित भएको थियो । उक्त समाचार सार्वजनिक भएपछी होटेल सञ्चालकले पत्रकारमाथी झुटा आरोप लगाएर अपमान हुनेगरी सार्वजनिक स्थानमा पत्रकारको फोटो टासेको घटनाप्रति चौतर्फी रुपमा विरोध हुनुका साथै दोसीलाई कडा कारवाहीको माग हुन थालेको छ । यसैक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाले सजना मिष्ठान भण्डारले पत्रकार चेतन ओली र माधव दाहलमाथि गरेको अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी र सचिव जेएन सागरले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर चासो व्यक्त गर्नुभएको हो ।
विज्ञेप्तीमा तुलसीपुरको सजना होटेलमा खाद्य सुरक्षाको विषयलाई लिएर प्रकाशित समाचारबारे अध्ययन गर्न महासंघले समिति गठन गरेको र अध्यन जारी रहेकै अवस्थामा सजना मिष्ठान भण्डारले पत्रकारको तस्वीर सार्वजनिक स्थानमा टाँसेर गरिएको व्यवहारप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले उक्त कार्यलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी व्यक्तिको चरित्र हत्या गर्ने तथा पत्रकारिता पेशामाथि आँच पु¥याउने कार्य भएको ठहर गरेको हो । साथै यस्तो गतिविधिले समग्र सञ्चार क्षेत्रलाई नै बदनाम गर्ने उल्लेख गरिएको छ । विज्ञेप्तीमा घटनामा संलग्न व्यक्तिमाथि तत्काल कडा कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरिएको छ ।
यसैबिच
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले पत्रकारमाथी भएका यस्ता अपमानजनक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा समाचार सामग्रीप्रति असहमति भए कानुनी तथा संस्थागत माध्यमबाट समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै पत्रकारमाथि उल्टै झुटा आरोप लगाई सार्वजनिक स्थलमा फोटो टाँस्ने तथा सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य गैरकानुनी र अस्वीकार्य भएको उल्लेख गरिएको छ । महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डपप्रसाद शर्माद्धारा जारी विज्ञप्तिमा तुलसीपुरस्थित सजना मिष्ठान भण्डारले पत्रकारमाथि आधारहीन र झुटा आरोप लगाएर सामग्री सार्वजनिक गरिएको घटनाको कडा शब्दमा निन्दा गरिएको छ । साथै यस्तो गतिविधिले प्रेस स्वतन्त्रतामाथि अनावश्यक दबाब सिर्जना गरेको महासंघको ठहर छ । महासंघले पत्रकारको चरित्रहत्या गर्ने, त्रास सिर्जना गर्ने तथा पेशागत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । साथै पत्रकारहरूलाई निर्भीक र जिम्मेवार पत्रकारितामा अडिक रहेर निरन्तर सक्रिय रुपमा ढुक्कसँग कलम चलाउन आग्रह गरिएको छ ।।
यसैबिच
नेपाल पत्रकार महासंघ, केन्द्रिय समितिले पनि दाङको तुलसीपुरमा पत्रकारमाथि गरिएको अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सजना होटेलको खाद्य सुरक्षासम्बन्धी समाचार प्रकाशन भएपछि उक्त होटेलले झुटा आरोप लगाएर पत्रकारको चरित्र हत्या गर्नु अत्यन्त निन्दनीय र सामाजिक अपराध भएको महासंघको ठहर छ । महासंघका महासचिव रामप्रासद दाहलद्धारा जारी विज्ञेप्तीमा समाचारप्रति असन्तुष्टि भए प्रचलित कानुनी विधि अपनाउनुपर्नेमा यस्तो हर्कत देखाउनु अपराध भएको उल्लेख छ । महासंघले उक्त घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।।
यसैबिच
प्रेस चौतारी नेपाल दाङशाखाले पनी यो घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । सञ्जना मिष्ठान भण्डारले पत्रकारमाथी झुटा आरोप लगाएर सार्वजनिक रूपमा अपमानजनक गतिविधि गरेको भन्दै चौतारीले आपत्ति जनाएको हो । चौतारी दाङ जिल्ला अध्यक्ष सुधासुमन ढकाल र सचिव निमुसंगम घर्तीद्धारा जारी विज्ञेप्तीमा पत्रकारिताको सम्मान, संरक्षण र प्रवद्र्धनमा आफू प्रतिबद्ध रहेको जनाएको छ ।
यसैबिच
प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिले पनि पत्रकारमाथि भएको अपमानजनक व्यवहारप्रति कडा आपत्ति जनाएको छ । पत्रकारमाथि सार्वजनिक रूपमा झुटा आरोप लगाएको घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ । प्रेस चौतारी लुमिबनी प्रदेश महासचिव हरी अधिकारीद्धारा जारी विज्ञेप्तीमा यस्ता कार्यलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणको रूपमा व्याख्या गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याई हदै सम्मको कारवाही गर्न जोडदार माग गरेको छ ।
यसैबिच डिविटल मिडियाकर्मी संघ दाङले पनि यो घटनाको निन्दा गरेको छ । समाचारको बिषयलाई पत्रकारलाई अपमानजनक व्यवहार गर्नु न्यायोचित नभएको अध्यक्ष नविन ओली र सचिव जग्गु भण्डारीले सयुक्त रुपमा विज्ञेप्ती जारी गर्दै सञ्चालकलाई कडा कारवाही गर्न माग गरेका हुन् ।












