२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा आज बजार अनुगमण, ९ हजार बराबरको म्याद नाघेका अखाद्य बस्तु नष्ट

तुलसीपुर,२७ असोज । दाङको तुलसीपुरमा आज गरिएको बजार अनुगमणका क्रममा झन्डै ९ हजार बराबरको म्याद नाघेका अखाद्य बस्तुहरु नष्ट गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका शाखा प्रमुख राजु श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख पदम बराल, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, नगर प्रहरी, बजार व्यवस्थापक, जनप्रतिनिधि, पत्रकार लगाएतको सहभागितामा आज तुलसीपुरका विभिन्न खाद्य तथा किराना पसलको अनुगमण गरिएको हो । अनुगमणका क्रममा म्याद नाघेका सामाग्रीहरु फेला परेपछि नष्ट गरिएको हो ।

यसैविच तुलसीपुरको गुम्राहचोकमा रहेको चौधरी किराना एण्ड तरकारी पसलमा अनुगमणका क्रममा झन्डै ४ हजार रुपैयाँ बराबरको म्याद नाघेको बेसनको पिठो, मसला फेला परेपछि नष्ट गरिएको छ । यस्तै मदन आश्रित चोकमा रहेको शिखर कोलेनी भेराईटिजमा लेबल बिना आफुखुशी खाद्यबस्तु प्याकिङ गरिएको पाईएपछि र लेवल नभएको, उत्पादकको नाम, उत्पादन मिति, उपभोग्य मिति समेत नभएको किसमिस लगाएतका सामाग्री पाईएपछि यसरी बिक्रिवितरण नगर्न निर्देशन दिईएको छ । यस्तै व्यवसाय दर्ता नविकरण समेत नभएको पाईएपछि ३ दिनभित्र पालिकामा दर्ता नविकरण गर्न निर्देशन दिइएको छ । यस्तै वाहिनी चोकमा रहेको शुभ लक्ष्मी किराना स्टोबाट ३ हजार ४ सय रुपैयाँको नक्कली चुक विक्रि भईरहेको पाईएपछि नष्ट गरिएको छ ।

यस्तै प्रवेश किराना पसल, अधिकारी किराना पसल, न्यु बुद्ध किराना पसल, डिलाईट सपिङ मार्ट, सम्राट किराना पसल, आशिष किराना तथा डेरी, लम्साल स्टोर, बस्नेत सस्तो पसल, नायक मार्ट गरी १ दर्जन बढी पसलमा गरिएको अनुगमणका क्रममा अधिकांस व्यवसाय दर्ता नविकरण नगरेको पाईएपछि ३ दिन भित्र पालिकामा दर्ता नविकरण गर्न पनि निर्देशन दिईएको छ ।

यस्तै कतिपय व्यवसायीहरुले तिहारका लागी भन्दै विभिन्न रङ मिसाईएको सिन्कामारी विक्रिका लागी राखेको पाईएपछि नष्ट गरिएको छ । पकाएर खाईने खानेकुरामा रङको प्रयोग गर्दा स्वास्थ्यमा असर गर्ने भएकाले मिठाई लगाएत कुनै पनि खाद्यवस्तुमा रङको प्रयोग नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका तुलसीपुरका प्रमुख पदम बराल आग्रह गर्नुभएको छ । यस्तै अन्य समयको तुलनामा चाडर्वको समयमा बजारमा अखाद्य वस्तुहरु कारोबार बढी हुने र कालोबजारी लगाएत विभिन्न कैफिएत समेत हुने भन्दै बजार अनुगमण कार्यलाई तिब्र बनाईको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका शाखा प्रमुख राजु श्रेष्ठ जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।