
तुलसीपुर, २३ असोज । जनचेतना तथा आँखाको सुरक्षा र उपचारका लागि विश्व दृष्टि दिवसका अवसरमा विभिन्न सचेतना कार्यक्रम गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत लमही आँखा अस्पतालले विश्व दृष्टि दिवस २०८२ को अवसरमा लमही नगरपालिका वडा नं. ४ मा एन.ए.वी.पी नर्वेको आर्थिक सहयोगमा निःशुल्क आँखा जाँच कार्यक्रम गरेको छ ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाको का.बा. सभापति रेशमबहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता तथा उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा.सम्शेर थापाले विश्व दृष्टि दिवसको औचित्य, नेपालमा दृष्टिविहिन्ताको अवस्था र कार्यक्रमको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, वडा नं. ४ का वडा सदस्य उमाकान्त चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण नेपाल नेत्रज्योति संघ दाङका कार्यसमिति सदस्य तथा लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लिला शाहले गरेकी थिइन् । त्यस्तै विश्व दृष्टि दिवस २०८२ को अवसरमा राप्ती आँखा अस्पतालले इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रहरीहरुको निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सहकोषाध्यक्ष प्रणवकुमार खड्काको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसी होमबहादुर पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ईलाका प्रहरी तथा ट्राफिक प्रहरीका ६८ जना सिनियर तथा जुनियर अधिकृत प्रहरीहरूको आँखा चेकजाँच गरिएको हो ।
सो कार्यक्रममा नेपाल नेत्रज्योति संघका कार्यसमिति सदस्य यमप्रसाद शर्मा पाण्डे, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक तथा संघका सदस्य ध्रुव गौतम, संघका सदस्य ताराप्रसाद पोख्रेल, राप्ती आँखा अस्पतालका व्यवस्थापक शशि लामिछानेलगायतले शुभकामना दिएका थिए ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत शालिकराम गौतमले विश्व दृष्टि दिवसको औचित्य र कार्यक्रमको वारेमा प्रकास पार्नु भएको थियो । एन.ए.वीपी नर्वेको आर्थिक सहयोगमा भएको कार्यक्रममा आवश्यक नजिकको कामकाजका लागि चश्मा र औषधी निःशुल्क वितरण गरिएको थियो । वाह्ेय कार्यक्रम संयोजक विमल घिमीरे, रोहित कडायत सहितको प्राविधिक टोलीले सेवा दिएको थियो ।
त्यस्तै विश्व दृष्टि दिवस २०८२ को अवसरमा नेपाल नेत्रज्योति संघ, छन्द (कलेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोग तथा एन.ए.वी.पी नर्वेको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको स्थानीय व्यवस्थापनमा प्रहरीहरूको निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीको अध्यक्ष र नेपाल नेत्रज्योति संघ दाङ शाखाका आजीवन सदस्य उद्योग वाणिज्य संघ कृष्णनगर नगरपालिका वरिष्ठ उपाध्यक्ष नसरुल्लाह खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४४ जना प्रहरीको आँखा जाँच गरियो थियो । ८ जनालाई कामकाजिका लागि नजिकको चश्मा र आवश्यकता अनुसार औषधी वितरण गरिएको दृष्टि विषेशज्ञ सुजन रिजालले जानकारी दिए । ।
कार्यक्रममा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा, बाह्य कार्यक्रम संयोजक हरी भण्डारी लगायतले शुभकामना व्यक्तिगरेका थिए । त्यसै बिच नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रले हाल सम्म ४१ लाख ६२ हजार बढीलाई आँखा उपचार सेवा र २ लाख ५० हजार बढी मोतियाविन्दुको शल्यक्रिया गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत शालिकराम गौतमले जानकारी दिए ।
जस अन्र्तगत राप्ती आँखा अस्पतालले साढे १२ लाख, छन्द कालेबाबु नारायणी आँखा अस्पतालले साढे ११ लाख, लमही आँखा अस्पतालले साढे ४ लाख बढीलाई सेवा दिएको छ । त्यस्तै ५ लाख बढीलाई निःशुल्क शिविर गरि सेवा दिएको गौतमले जानकारी दिए । त्यस्तै अस्पताल तथा उपचार केन्द्रहरुले ४९ हजार बढीको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको बताएको छ ।