२०८२ असोज २५ गते शनिवार

मनसुन विस्तारै कमजोर हुँदै

काठमाण्डौ, २३ असोज ।  पश्चिमी क्षेत्रबाट बाहिरिसकेको मनसुन अरू क्षेत्रमा पनि क्रमशः कमजोर बन्दै गएको छ । अहिले पूर्वी र मध्य क्षेत्रमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ । मनसुन बाहिरिसकेको सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भागका धेरै र गण्डकीका पश्चिमी भेगका केही ठाउँमा पश्चिमीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भागका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया