
दाङ, असोज १८ । कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालय तुलसीपुर दाङबाट गत भदौ २४ गते जेनेजी आन्दोलनको क्रममा भागेका तुलसीपुर–५ रानीजरुवाका २२ वर्षीय खिमबहादुर बिक (पन्छी) लाई पक्राउ गरिएको हो ।
फरार रहेका बिकले असोज ११ गते राति तुलसीपुर–५ रानीजरुवामा ५३ वर्षीय स्थानीयमाथि धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा जिल्ला अदालत दाङले असोज १३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएलगत्तै खोजतलासमा जुटेको प्रहरीले असोज १८ गते साँझ करिब ६ बजेतिर दंगीशरण गाउँपालिका–२ सातखुटीमा लुकिछिपी बसेको अवस्थामा बिकलाई फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका बिकलाई कारागार कार्यालय तुलसीपुर दाङमा बुझाइएको र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।