
दाङ, २६ भदौ । मालपोत कार्यालय तुलसीपुरले आगजनीका कारण सम्पूर्ण सेवा अनिश्चितकालका लागि अवरुद्ध भएको जनाएको छ । सामाजिक संजाल मार्फत एक विज्ञप्ती जारी गर्दै भदौ २४ गते कार्यालयमा गरिएको आगजनीका कारण कार्यालयभित्र रहेका मोठ स्रोत, पुर्जा, तामेली मिसिल, लिखत, मुद्दा, प्रशासनिक कागजात, लेखा तथा रजिस्ट्रेशनका विवरणसहितको सर्वर र भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएकाले सेवा अवरुद्ध भएको जनाएको हो ।
कार्यालयले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सेवा बन्द रहने बताउँदै कार्यालयलेसेवाग्राहीमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी भएको बताएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार