तुलसीपुर, ४ साउन । करिब ९ बजेर २७ मिनेट गएको थियो । तुलसीपुरबाट पश्चिम तर्फ रा१ज ९७१ नम्बरको जिप तीब्र गतिमा हुँइकिरहेको थियो । जिपको गति देख्दा यस्तो थियो की मानौ त्यो सडकमा त्यतिबेला कुनै गाडीहरू गुडिरहेका थिएनन् । उ एक्लै निस्फिक्रीका साथ दौडिरहेको थियो । तुलसीपुरको बस पार्कबाट कृष्णमन्दिर पुग्दासम्म जिपले दर्जनौँ सवारी साधनहरूलाई उछिन्दै अघि बढेको थियो । भनिन्छ नि ढिला गए अवश्य पुगिन्छ ।
छिटो गए भन्न सकिदैन । नभन्दै त्यस्तै भयो । झ्याम्म आवाज आयो । गाडी क्रस गरेपछि मान्छे दुई फिल्डिङ खाएर जुरुक्क उठ्यो । ठक्कर दिने गाडी करिब ५ मिटर पर गएर रोकियो । वरपरका मानिसहर जम्मा भए । गाडीको ठक्करबाट पल्टिएको मोटरसाइकललाई उठाएर साइड लगाए । घाइते लकलक कापीरहेका थिए । उनाई हात र खुट्टामा सामान्य चोट देखिन्थ्यो । तर पक्की सडकमा बज्जारिएकाले शरीर देखिने चोट नभए पनि भित्री चोट थियो ।
प्रत्यक्षदर्शीले भने भाग्य नै बलियो भएका कारण मोटरसाइकलमा सवार व्यक्ति बाँचेको बताउँदै थिए । भिडले एक छिन चालकलाई तिव्रगतिमा किन कुदाएको भन्दै हपार्दै थिए । यता बाइकमा पनि आंशिक क्षति पुग्यो । यो कुनै टाढाको घटना होइन । तुलसीपुर –८ कृष्णमन्दिर नजिकैको घटना हो । कारण दुर्घटना भयो । जिपको ठक्करबाट घाइते हुने व्यक्ति थिए तुलसीपुर–८ निवासी ४२ वर्षका निर्मल योगी । उनि सवार लुप्र०२–००१ प २७३८ नम्बरको मोटरसाइकललाई तिव्रगतिमा पछाडिबाट आइरहेको रा१ज ९७१ नम्बरको जिपले ठक्कर दिएपछि उक्त घटना भएको थियो । भाग्य बलियो भएका कारण आफू धन्न बाँचेको घाइते योगीले बताए ।
‘मैले यो गाडीले बौलाहा तालले चलाएको छ । आज कस्लाई हान्छ भन्ने त लागेको थियो । यहाँ आएर हाने छ । मलाई चिमखोला पुल नजिकै ओभरटेक गरेर अघि आएको थियो ।’ लु प्र ०२–००१ प ६७६९ नम्बरका चालक रोशन केसीले भने । अन्य मोटरसाइकल चालकले पनि गाडीको गति देख्दा आङ नै सिरिङ हुनेगरि कुदाएको बताएका छन् । ठक्कर दिने गाडी र मोटरसाइकललाई बेलुवा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । घाइते योगीको उपचार तुलसीपुर सिटी हस्पिटलमा भइरहेको र गाडी चालक प्रेम खड्का उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
गाडी चालक खडकाले बिरामी ल्याउनु पर्ने भएका कारण तीब्र गतिमा गाडी कुदाएको बताएका छन् । यसैविच स्थानीयले यो प्रतिनधिमूलक घटना मात्र भएको बताउँदै सम्बन्धित निकायले यसमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । साँगुरो तथा जिर्ण सडक, तीब्र गति र चालकको लापरबाही कारण नागरिकको अकालमा ज्यान जाने गरेको बताउँदै यस तर्फ सरोकारवाला निकायको ध्यान समयमै नगए यस्ता घटना घट्नुको साटो अझै बढेर जाने स्थानीय भुपबहादुर केसीले बताए ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।