२०८३ मङ्सिर ९ गते बुधवार

पूर्व मुख्यमन्त्री चौधरीले भने : आतङ्कवादका विरुद्ध नेपाली एकजुट छौं

तुलसीपुर, १६ बैशाख ।  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आतङ्कवादका विरुद्ध नेपाल र सम्पूर्ण नेपाली  एकजुट रहेको बताउनु भएको छ । भारतको पर्यटकीय क्षेत्र जम्मुकास्मिरको पहेलगाममा भएको आतङ्कवादी आक्रमणमा नेपाली युवक सुदीप न्यौपाने सहित २८ पर्यटकको हत्या भएको घटनाको विरोध तथा मृतकहरूको सम्झनामा तुलसीपुरको बिपि चोकमा आयोजना गरिएको दिपप्रज्वलन  कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।  

घुम्न गएका पर्यटकहरूलाई आतङ्कवादी समूहले गरेको हत्याको जति भर्त्सना गरेपनि कमी हुने बताउँदै त्यसको सशक्त प्रतिवाद गर्न भारत सरकारलाई उहाँले आग्रह गर्नुभयो । 

‘आतङ्कवादका विरुद्ध नेपाल र सम्पूर्ण नेपाली एकजुट छौ । लुम्बिनी प्रदेश एकजुट छ । तुलसीपुरका नागरिक एकजुट छौ । आतङ्कवादीको निशानामा परेका मृतक प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ पूर्व मुख्यमन्त्री चौधरीले भन्नुभयो ।  

मटवाँ/वरघर/भलमन्सा संघ र नेपाल तरुण दल, दाङको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । आतङ्कवादी समूहले बैशाख १० गते  एक नेपाली सहित २८ जनाको हत्या गरेको थियो । 

 

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।