२०८३ कार्तिक १० गते सोमवार

शुभलक्ष्मी फेन्सी पसलमा आगलागी हुदा १५ लाख बराबरको क्षेती

बाँके, ७ बैशाख ।  बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको एक फेन्सी पसलमा आज बिहान आगोलागी भएको छ । स्थानिय मेघराज लम्सालको दुई तले घरमा रहेको शुभलक्ष्मी फेन्सी पसलमा बिहान साँढे ७ बजेको समयमा आगोलागी भएको हो । आगोलागीको कारण अझै खुलेको छैन । तर विद्युत् सर्ट भएर आगोलागी भएको प्रहरीले अनुमान गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टराईले दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले बाहिरबाट हेर्दा करिब १५ लाख क्षति भएको अनुमान गरिएपनी भित्र सामानको अवस्था हेरेपछि मात्र क्षतिको एकिन विवरण खुल्ने बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।