२०८३ कार्तिक १० गते सोमवार

विपद्का घटनामा परी ७४५ जनाको मृत्यु

काठमाण्डौ, ३१ चैत ।  २०८१ सालमा भएका विपद्जन्य घटनामा ७४५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वर्षमा ८ हजार ८६१ वटा विपद्का घटना भएकामा ७४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र १ हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । १ वर्षमा विपद्का कारण १८ हजार ९९१ घरपरिवार प्रभावित भएका छन् । कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै पहिरोका कारण ३५१ जनाको मृत्यु भएको छ ।

त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण ८, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको ज्यान गएको छ । यस्तै डढेलोबाट १०, हुरीबतासका कारण ७, डुङ्गा पल्टेर १ र अन्य विविध कारणबाट ७ जनाको मृत्यु भएको छ । यस्तै १ वर्षमा पहिरोबाट ४८, बाढीबाट १८ र हिमपहिरोमा परेर ३ जना बेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।