तुलसीपुर, २६ चैत । सधैँ विद्यालयको प्रांगनमा कार्यक्रम गर्ने दाङको तुलसीपुुर स्थित माध्यमिक विद्यालयलय सेन्टर स्कुलले अभिभावक भेला, प्रशिक्षण तथा सम्मान कार्यक्रम आज तुलसीपुरको एक होटलमा सम्पन्न गर्यो । जाडो सिजनमा हुने कार्यक्रम खुला आकाशमुनि विद्यालय प्रांगनमै गरेता पनि गर्मी समयमा हुने कार्यक्रम महंगो रमक तिरेर होटलमा गर्नुपर्ने बाध्याता विद्यालयलाई रहेको प्रधानाध्यापक भागवत पौडेलले बताउनुभयो । उहाँका अनुसार तुलसीपुरको मेघा विद्यालय भनिरहँदा विद्यालयको एउटा आफ्रनै हल नहुदा विद्यालयलको कार्यक्रम गर्न समस्या हुने गरेको छ । मावि सेन्टर स्कुलमा अहिले २ हजार ७ सय विद्यार्थीले अध्यया गर्दै आएका छन् । ती विद्यार्थीका अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारी लगायत अन्य अतिथिहरुको उपस्थितिमा कार्यक्रम गर्दा होटलका हल कोठा खोज्नुपर्ने अवस्था विद्यालयलाई रहेको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख खड्काले टिक्ने र विक्ने विद्यार्थी उत्पादनमा मावि सेन्टर स्कुलले लागि परेको बताउनु भयो । संस्थागत विद्यालयबाट उत्पादन भएका विद्यार्थी विदेश जाने योजना बनाउँदै गर्दा सामुदायिक विद्यालयबाट उत्पादन भएका विद्यार्थीलाई स्वदेशमै स्वरोजगार बनाउने अभियानमा तुलसीपुर मावि सेन्टर पनि लागि परेको बताउनु भयो । लोकसेवा आयोग पास गर्ने, शिक्षक सेवा आयोग पास गर्ने, विभिन्न संस्थान, प्रतिष्ठानहरुमा नाम निकाल्ने अधिकाँस विद्यार्थी सामुदायिक विद्यालयमै पढेकाहरु हुने उहाँको भनाइ थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिखतराम पौडेलको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा विद्यालय प्रधानाध्यापक भागवत पौडेल, विद्यालय व्यस्थापन समितका सदस्य सुरेश रावत, अभिभावन केपी भण्डारी, डम्बर बुढाथोकी लगायतले बोल्नु भएको थियो । यसैगरी राष्टपपति रनिङ शिल्ड प्रतिगोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक प्रतिनिधि नरेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रमुख भोला प्रसाद थापाले गर्नुभएको थियोे ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।