तुलसीपुर, १८ चैत्र । दाङमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कैदीबन्दीले तुलसीपुरमा रक्तदान गरेका छन् । कारागार कार्यालय तुलसीपुर र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा १०४ जना कैदीबन्दीले रक्तदान गरेको कारागार कार्यालय तुलसीपुरका जनस्वास्थ्य निरीक्षक दोर्न बहादुर वलीले जानकारी दिनुभयो ।
कुनै पनि नागरिकले रगतको अभावमा अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान गरेको कारागार कार्यालय तुलसीपुरमा बस्दै आएका कैदीहरुले बताएका छन् । यो कार्यले समाजमा सामाजिक सदभाव, आपसी मित्रता र सकारात्मका सोचको विकासमा टेवा पुग्ने आयोजकले बताएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।