२०८३ कार्तिक ९ गते आइतवार

गणतन्त्रको पक्षमा एमालले चैत ११ गते देशभर सचेतना कार्यक्रम गर्ने

काठमण्डौा, ८ चैत । नेकपा एमालेले यही चैत ११ गते गणतन्त्रको पक्षमा देशभरि सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ । महासचिव शंकर पोखरेलले भर्चुअल बैठकमार्फत जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै कार्यक्रमबारे जानकारी दिनुभयो ।यस्तै एमालले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍याली आयोजना गर्ने तथा सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने कार्यक्रम रहेको महासचिव पोख्रेलले बताउनुभयो । यसैगरी चैत २४ गतेदेखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने एमालेको कार्यक्रम छ । महासचिव पोखरेलले कार्यक्रमलाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।