२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर खानेपानी निर्वाचन : २३२ मतको अन्तरले भण्डारी अगाडि 

तुलसीपुर, ३ चैत्र । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलले सुरु देखि अग्रता कायम गरेको छ ।  बिहान साढे १० बजेसम्मको मतपरिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले २३२ मतको अन्तरले अग्रता लिनुभएको छ । भण्डारीले मतान्तर बढाउँदै लग्नु भएको छ । अहिलेसम्म २६४१ मत गणना भएको छ ।

भण्डारीले १०९० मत प्राप्त गर्दा माओवादी नेतृत्वका सीता राम शर्माले ८५८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी एमाले नेतृत्वका मनोज लामिछानेले ५ सय ३६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसका नारायण शर्माको ११६१, एमाले नेतृत्वका लक्ष्मण केसी ७३४ र माओवादी नेतृत्वका दुर्गा प्रसाद शर्माको ४१२ मत आएको छ । त्यसैगरी सचिवमा रञ्जन कुमार गौतम ९९७, भुवन भुसाल ८४३, रुद्रबहादुर वलीले ३८४ मत प्राप्त गर्नुभएको छ ।  त्यसैगरी कोषाध्यक्षमा काँग्रेस नेतृत्वका भोला थापाले ११७९, सुशीला न्यौपानेको ६६६७ र कर्णबहादुर वलीको ४४९ मत आएको छ ।   

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।