२०८३ कार्तिक ९ गते आइतवार

अमेरिका र क्यानडा पठाइदिने भन्दै साढे ६ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

  काठमाण्डौ, २६ फागुन । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा सङ्खुवासभाको मकालु गाउँपालिका–२ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–८ हात्तीगौँडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाण्डौको कीर्तिपुर नगरपालिका–१४ चोभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।   सालिकरामले अमेरिका पठाइदिने भन्दै एक जनाबाट पाँच लाख र एलिनाले क्यानडा पठाइदिने भन्दै एक जनाबाट एक लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।उनीहरूलाई काठमाण्डौको टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।