तुलसीपुर, २१ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाको आगामी नेतृत्वका लागि उमेद्धारी दिएका उमेद्धारहरुको नामावली उपर दाबी बिरोधको समय भोलीका लागि तोकिएको छ । भोली विहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । खानेपानीको आगामी चैत २ मा हुने निर्वाचनको लागि ९ पदका लागि ३० जनाको उमेद्धारी परेको छ । आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मात्रै तीन दलको तर्फबाट तीन जनाको उमेद्धारी परेको हो । खानेपानी संस्थामा अध्यक्षका लागि नेकपा एमालेको तर्फबाट मनोज लामिछाने, नेपाली कांग्रेसका तर्फबाट यमकान्त भण्डारी । नेकपा माओवादी केन्द्रको तर्फबाट सिताराम शर्माले उमेदवारी दर्ता गर्नुभएको छ ।
एमालेको तर्फबाट उमेद्धारी दिएका लामिछाने पूर्व सचिव हुनुहुन्छ । यस्तै कांग्रेसका उमेद्धार भण्डारी बहालवाला अध्यक्ष हुनुहुन्छ भने माओवालीका उमेद्धार शर्मा उपाध्यक्ष हुनुहुन्छ । लामिछानेलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)को समर्थन रहेको छ भने भण्डारीलाई नेपाली कांग्रेसको समर्थन रहेको छ । यस्तै शर्मालाई नेकपा माओवादीसहित राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पाटी, नेकपा विप्लव, एकिकृत समाजवादी पाटी र नेपाल समाजवादी पार्टीको समर्थन छ ।
उपाध्यक्षमा सात दलिय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका दुर्गा प्रसाद भण्डारीले उमेदवारी दिनुभएको छ । एमालेका लामिछानेको प्यानलबाट उपाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का लक्ष्मण केसीले उमेदवारी दिनुभएको छ । कांग्रेसका भण्डारीको प्यानलबाट उपाध्यक्ष पदमा नारायण प्रसाद शर्माले उमेदवारी दिनुभएको छ । यस्तै सचिव पदमा लामिछानेको प्यानलबाट एमालेका भुवन भुषाल, भण्डारीको प्यानलबाट नेपाली कांग्रेसका रञ्जन गौतम र शर्माको प्यानलबाट नेकपा विप्लपका रुद्रबहादुर वलीले उमेदवारी दिनुभएको छ ।
यस्तै कोषाध्यक्ष पदमा लामिछानेको प्यानलबाट नेकपा एमालेका शुसिला न्यौपाने, भण्डारीको प्यानलबाट नेपाली कांग्रेसका भोलाप्रसाद थापा र शर्माको प्यानलबाट नेकपा माओवादी केन्द्रका कर्ण बहादुर वलीको उमेदवारी परेको छ । यसैगरी लामिछानेको प्यानलबाट महिला सदस्यमा छमा भण्डारी, प्रमिला तिवारी र शुसिला वलीले उमेदवारी दिनुभएको छ भने खुला सदस्यमा पदम बहादुर खड्का र सुकुण्ठ न्यौपाने (सुशिल) ले उमेदवारी दिनुभएको छ । यस्तै खुला सदस्यमा माधव गिरी, प्रेम कुँवर र शोभाराम पुनले स्वतन्त्रबाट उमेदवारी दिनुभएको छ ।
यस्तै भण्डारीको प्यानलबाट खुला सदस्यमा प्रमोद कुमार योगी (शरद) र बुद्धिराम चौधरीले उमेदवारी दिनुभएको छ भने महिला सदस्यमा लुमा बुढामगर, शुष्मा अधिकारी र शारदा कार्कीले उमेदवारी दिनुभएको छ । यस्तै शर्माको प्यानलबाट खुला सदस्यमा मनबहादुर वली र खगेश्वर भण्डारीले उमेदवारी दिनुभएको छ भने महिला सदस्यमा कमला चौधरी, मनिषा शेर्पाली, र डिला परियारले उमेदवारी दिनुभएको छ । खानेपानी संस्थामा अहिले १० हजार ९ सय १९ जना मतदाता रहेका छन् ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।