२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा दुईजना गम्भिर घाइते

तुलसीपुर, १४ फागुन ।  दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा दुईजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर–८ निवासी ४८ बर्षीय लक्ष्मी प्रसाद चौधरी र मोटरसाइकलमा पछाडी सवार रहेका तुलसीपुर–२ का ३५ बर्षीय कबिराम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल तुलसीपुर–८ चमिखोला नजिकै आज साँझ सवा ७ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते मध्य एकजनाको अवस्था चिन्ताजनक रहेको डाक्टरले बताएका छन् ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।